आर्मी ब्यारेकमा आश्रित बाढीपीडित र आफन्तको खोजीमा आइपुगेका परिवारजन (फोटोफिचर)

प्रकाश र झल्लु

विदुर। रसुवाका विभिन्न बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट उद्धार गरी नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमा ल्याइएका बाढीपीडितहरूको उचित व्यवस्थापन हुन नसक्दा समस्या सिर्जना भएको छ।

आपतकालीन उद्धार गरी ल्याइएका प्रभावितहरू केही दिनदेखि ब्यारेक परिसरमै  बस्न बाध्य छन्। बसोबास, खानेकुरा, महँगी तथा आवश्यक सामग्रीको अभावका कारण उनीहरूले कठिनाइ भोगिरहेका हुन्।

ब्यारेकमा ठूलो संख्यामा मानिसहरू राखिएका कारण भीडभाडसमेत बढेको छ। उद्धार गरिएका पीडितहरूका साथै बेपत्ता भएका आफ्ना आफन्तको खोजी र पिरलोमा रहेका परिवारजनसमेत ब्यारेक पुग्दा त्यहाँ थप चाप बढेको हो।

यसैबीच, बेपत्ता भएका आफन्तको खोजीमा ब्यारेक पुगेका परिवारजन र नेपाली सेनाबीच तनावको अवस्था समेत सिर्जना भएको थियो।

पीडित परिवारजनले बेपत्ता आफ्ना आफन्तको अवस्थाबारे तत्काल सत्यतथ्य जानकारी दिन तथा सुरक्षित रूपमा भेटघाटको वातावरण मिलाउन सम्बन्धित सबै निकायसँग जोडदार माग गरेका छन्। उद्धार गरिएको लामो समय बितिसक्दा राहत र व्यवस्थापनमा स्थानीय प्रशासन र सम्बन्धित निकाय गम्भीर नभएको पीडितहरूको गुनासो छ।

 

सम्बन्धित खबर