काठमाडौँ, भदौ १७ । बेलायतमा रहेका भूतपुर्व ब्रिटिस गोर्खा सैनिकले आमरण अनसन बस्ने चेतावनी दिएका छन् । बेलायती सरह सेवा–सुविधा नदिएको तथा असमान व्यवहार गरेका भन्दै वेलायत सरकारलाई पटक–पटक गुनासो गर्दा सुनुवाई नभएपछि अनसन बस्ने तयारी गरेको हो ।
आउँदो अक्टोबर २४ सम्म वेलायत सरकारले आफुहरुको माग पुरा नगरे अनसनमा उत्रिने चेतावनी दिएका छन् । गोर्खा सत्याग्रह संघर्ष समितिका अध्यक्ष ज्ञानराज राइले एक संचारमाध्यम संग कुरा गर्दै आफुहरु नेपाल र वेलायत सरकारले वार्तामार्फत समाधान खोजोस् भन्ने आफुहरुको चाहना भएको बताएका छन् ।
वेलायती सरकार र नेपाल सरकारले गम्भिर समस्यालाई पनि सामान्य रुपमा हेरेर कुनैपनि पहलकदमी नगरेको र समस्या समाधान तर्फ ध्यान नदिएको उनिहरुको आरोप छ । सैन्य सेवामा पुर्याएको योगदानको कदर नभएको भन्दै भूतपुर्व गोर्खा सैनिक लामो समयदेखि आन्दोलनरत छन ।
गोर्खा सैनिकको योगदानलाई कदर गर्दै वेलायती सरकारले पटक–पटक धेरै सैनिकहरुलाई विभिन्न उत्कृष्ठ पदवीबाट सम्मानित गरिसकेको छ । यद्यपी आन्तरिक रुपमा वेलायती सैनिक र नेपाली गोर्खा सैनिकलाई गरिने व्यवहार र दिइने सेवा सुविधामा भने निकै ठुलो खाडल रहेको छ ।