बाबुआमाले गाली गरेपछि घरको बलोमा झुण्डिएर आत्महत्या

दियो पोस्ट  

काठमाडौँ, भदौ १७ । बाबुआमाले गाली गरेको भन्दै पर्सामा एक किशोरले झुण्डिएर आत्महत्या गरेका छन् । पर्साको वीरगञ्ज नगरपालिका–२० अपौनीका १४ बर्षीय गोविन्दप्रसाद चौरसीयाले सोमबार आत्महत्या गरेका हुन् ।

बाबुआमाले गाली गरेको भन्दै गोविन्द आफ्नै घरको बलोमा झुण्डिएका थिए । छोरा झुण्डिएको देखेपछि बाबुले पासो फुकाई नारायणी अस्पताल पुर्याएका थिए ।तर, अस्पतालले मृत घोषणा गरिदिएको थियो ।

प्रहरीले गोविन्दको शव पोस्टमार्टम गरि सोमबार नै उनका बुबालाई बुझाइसकेको छ ।