काठमाडौँ, भदौ १७ । निर्वाचन आयोगले आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले एक विज्ञप्ती जारी गर्दै संघ, प्रदेश तथा स्थानीय तहका ५१ रिक्त पदमा उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको हो ।
आयोगले नयाँ दल तथा गाभिएका राजनीतिक दलहरुलाई निर्वाचन आयोगमा दर्ता गरानका लागि आह्वान गरेको हो । २०७४ सालमा दर्ता भएका राजनीतिक दलहरु पुन दर्ता गर्नुनपर्ने निर्वाचन आयोगले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
हाल आयोगमा १ सय ३२ दल दर्ता छ ।