काठमाडौँ, भदौ १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट दोस्रो पटक मन्त्रीपरिषद्का सदस्यसंग छलफल गरेका छन् । उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा पनि मन्त्रीपरिषदका सदस्यहरुलाई अपडेट गराएका छन्।
मंगलबार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीटरमार्फत प्रधानमन्त्रीले टेलिप्रिजेन्समार्फत क्याविनेट सदस्यहरुसंग दोस्रो पटक सरकारको कामको बारेमा छलफल भएको जानकारी दिएका छन् । उनले मन्त्रीहरुले आआफ्नो कामको विवरण प्रधानमन्त्रीलाई अपडेट गराउने कार्यक्रम रहेको उल्लेख गरेका छन् ।
वैठक नेपाली समयानुसार दिउँसाे १ः१० बाट बसेकाे रिमालले बताएका छन् ।
पछिल्लो पटक प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियो कन्फरेन्स मार्फत मन्त्रीपरिषद वैठक राखेका थिए । विदेशमा बसेर भिडियोमार्फत वैठक बसेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले यसको तीब्र आलोचना गरको थियो ।