ओलम्पिकमा पदक विजेता स्की खेलाडी मृत अवस्थामा फेला

दियो पोस्ट  

एजेन्सी, भदौ १९ । स्पेनको पूर्व अल्पाइन स्की खेलाडी ब्लान्का फर्नान्डेज ओचोआ मृत फेला परेकी छिन् ।

पूर्व ओलम्पियन समेत रहेकी फर्नान्डेज हराएको करिब दुई हप्तापछि मृत्यु भएको अवस्थामा फेला परेकी हुन् । उनलाई प्रहरीले मड्रिडको पहाडी क्षेत्रमा मृत फेला पारेको हो ।

५६ वर्षीय फर्नान्डेज गत अगष्ट २३ बाट हराईरहेकी थिइन् ।

फर्नान्डेजले सन् १९९२ मा फ्रान्समा भएको विन्टर ओलम्पिकमा कास्य जितेकी थिइन् । मृत्युको घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

TATA ADD