विश्वकप छनोट : नेपालले आज पहिलो खेल कुवेतसँग खेल्दै

दियो पोस्ट  

काठमाडौं, भदौ १९ । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ क्वालिफायरको पहिलो खेल नेपालले आज कुवेतसँग खेल्दैछ ।

नेपाली टोलीले बिहीबार स्थानीय समय अनुसार १० बजेर ४५ मिनेटमा कुवेतविरुद्ध उसैको घरेलु मैदान जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा प्रतिस्पर्धा गर्दैछ ।

आइतबार कुवेत पुगेको नेपाली टोलीका लागि विश्वकप छनोटको शुरुवात बलियो टोलीसँग खेल्दै हुनेछ । फिफा बरियतामा कुवेत नेपालभन्दा १० स्थान माथि छ । तर, पनि नेपाली टोलीले कुवेतसँग ‘टफ’ खेल्ने नेपाली टोलीका कप्तान विराज महर्जन बताउँछन् ।

नियमित कप्तान महर्जन टोलीमा नहुँदा उपकप्तान किरण चेमजोङले विश्वकप छनोटमा टोलीको नेतृत्व गर्नेछन् । कप्तान महर्जनले नेपाली खेलाडीले गएको मार्चमा राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै विश्वकप छनोटमा राम्रो खेल्ने बताएका छन् ।

सिफारिस