काठमाडौँ, भदौ १९ । मेलम्ची खानेपानी आयोजनाको मुहानमा आन्दोलनरत मजदुर आपुर्तीकर्तामाथि शसस्त्र प्रहरीले गोली चलाएको छ । आन्दोलनकारीहरुले ढुंगामुढा गरेको भन्दै सशस्त्रले उनिहरुमाथि रबरको गोली प्रहार गरेको हो ।
शसस्त्रले चलाएको गोली लागेर दुईजना आन्दोलनकारीहरु घाइते भएका छन् । प्रदर्शनकारीको भीड नियन्त्रण गर्नको लागि भन्दै सशस्त्रले गोलीसहित अश्रु ग्याँससमेत प्रहार गरिएको थियो ।
आयोजनाको ठेक्का तोडेर फर्किएको इटालियन कम्पनी सीएमसीका निर्माण सामग्रीहरु नयाँ कम्पनीले प्रयोग गरेको थाहा पाएपछि पीडितहरु मुहान क्षेत्रमा पुगेको र त्यही समयमा प्रहरीले गाेली चलाएकाे स्थानीयले बताए।