काठमाडौँ, भाद्र १९ । सरकारले दुधको मुल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाएको छ । कृषी तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध संस्थानलाई उपभोक्ताले खरिद गर्दै आएको मुल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउन दुग्ध संस्थानलाई पत्राचार गरेको हो ।
मन्त्रालयले विहीबार पत्राचार गरेको भएपनि दुधको मूल्यवृद्धी भने शनिबार देखि लागु हुने भएको छ । शुक्रबार बजार पठाउन दुधको प्याकेजिङ भइसकेको कारण शनिबारदेखि मात्र मुल्य वृद्धी कार्यन्वयन हुने दुग्ध विकास संस्थानले जनाएको छ ।
दुग्ध विकास बोर्डका निमित्र कार्यकारी निर्देशक बाबुकाजी पन्तको नेतृत्वमा गठित कार्यदलले कम उत्पादन हुने समयमा १० रुपैयाँ र अत्याधिक उत्पादन हुने मौसममा ५ रुपैया ७९ पैसा बढाउन सकिने प्रस्ताव गरको थियो ।
नयाँ मूल्य अनुसार उपभोत्ताले भने अब एक लिटरको दुधका लागि ७६ रुपैयाँ तिर्नेछ ।