काठमाडौं, भदौ २६ । घरजग्गाको दलाली गर्ने गोरखाको माइलो भनिने वेद प्रसाद काप्रीले चाहना पब्लिकेसनका प्रकाशनहरु आर्थिक दैनिक, सुलसुले डटकम र राष्ट्रिय जनमञ्च साप्ताहिकका सम्पादक प्रल्हाद रिजाललाई ज्यान लिने धम्की दिएका छन् ।
बुधबार बिहान पौने १० बजे काठमाडौंको गैह्रीधारामा पैदलयात्रा गरिरहेका सम्पादक रिजाललाई बाटो छेकी कुनै न कुनै रुपमा ज्यान लिने धम्की दिएका हुन् । टंगालतर्फबाट दायाँ किनारा हुँदै पश्चिमचर्फ आइरहेका सम्पादक रिजाललाई गैह्रीधारा चोकमा हार्भेष्टमुन ट्राभलको साइडमा आई काप्रीले ज्यान मार्ने धम्की दिएका थिए ।
त्यसको विपरीत साइडमा रोकेको गाडी चढी उनी फर्किएका थिए । सम्पादक रिजाललाई देख्नेबित्तिकै ‘ओई मिस्टर ! तैँले के खोजेको ? मलाई चिनेको छैनस्, मेरो बारेमा लेख्ने
ठाउँमा पुगेपछि सम्पादक रिजालले उसलाई के भयो, के कुरो हो अफिसमा आउनुहोस्, कुरा गरौँला, के भएको हो, हेरौँला भन्दा पनि नमानेर उसले म तेरो अफिसमा आउने मान्छे होइन, तँलाई के गर्नुपर्छ, को लगाएर तँलाई मार्नुपर्छ, त्यो व्यवस्था मिलाइसकेको छु, त्यो दिन कुरेर बस्’ भनेर धम्क्याएको थियो । उसले सम्पादक रिजाललाई धम्क्याउँदै भन्यो, ‘तेरो बंगारा यहीँ झारिदिन सक्छु ।’ त्यसपछि सम्पादक रिजालले छोएर देखाउन चुनौती दिएका थिए ।
सम्पादक रिजालले भने, ‘बंगारा झार्ने कुरै छोड, कौडा हानेजस्तो हान्नुपर्छ, एउटा बाउको छोरो होस् भने छोएर मात्र देखा, अनि तेरो हैसियत थाहा पाउँछस्, जहाँसम्म मार्ने कुरा छ, नमर्ने कोही छैन, एकदिन मर्नैपर्छ, मार्न तयार भएर आइज, बाटोमा धम्क्याउँदै नहिँड्, एउटा दलाल होस्, दलालकै हैसियतमा बस्दा राम्रो । अन्यथा चर्को पला ।र्’
त्यसपछि लुसुक्क बाटो काटेर दारीवाल केटोले हाँकेको गाडी चढेर वेद प्रसाद भागेको थियो । घरजग्गा दलाल माइलो भनिने काप्री होटल याक एण्ड यतिमा रहेको रोयल क्यासिनो अवैध रुपमा कब्जा गरी गत वैशाख १७ गतेदेखि चलाइरहेको समूहको ‘लाउके’ हुन् ।
पछिल्लो समय त्यस क्यासिनोमा भएको भाँडभैलोको बारेमा समाचार लेखिएको विषयलाई लिएर माइलोले ज्यान मार्ने धम्की दिएका हुन् । उक्त क्यासिनोको एकल सञ्चालक जयन्ती थापा हुन् ।
तर वैशाख १७ गतेदेखि उनी त्यस क्यासिनोमा छिरेकी छैनन् । नक्कली भारतीय मुद्राको कारोबारमा समातिएको गिरोहल उक्त क्यासिनो कब्जा गरेपछि समाचार नलेखिदिन आग्रह गर्दै माइलो भनिने जग्गा दलाल काप्रीले फोन गरेर सम्पादकसँग सम्पर्क गरेको थियो । तर समाचार छापिएपछि ज्यान लिने धम्की दिन पनि गिरोहको तर्फबाट उही अगाडि आएको छ ।
उसले सम्पादक रिजाललाई धम्क्याउँदै भन्यो, ‘तेरो बंगारा यहीँ झारिदिन सक्छु ।’ त्यसपछि सम्पादक रिजालले छोएर देखाउन चुनौती दिएका थिए । सम्पादक रिजालले भने, ‘बंगारा झार्ने कुरै छोड, कौडा हानेजस्तो हान्नुपर्छ, एउटा बाउको छोरो होस् भने छोएर मात्र देखा, अनि तेरो हैसियत थाहा पाउँछस्, जहाँसम्म मार्ने कुरा छ, नमर्ने कोही छैन, एकदिन मर्नैपर्छ, मार्न तयार भएर आइज, बाटोमा धम्क्याउँदै नहिँड्, एउटा दलाल होस्, दलालकै हैसियतमा बस्दा राम्रो । अन्यथा चर्को पला ।र्’ त्यसपछि लुसुक्क बाटो काटेर दारीवाल केटोले हाँकेको गाडी चढेर वेद प्रसाद भागेको थियो ।
घरजग्गा दलाल माइलो भनिने काप्री होटल याक एण्ड यतिमा रहेको रोयल क्यासिनो अवैध रुपमा कब्जा गरी गत वैशाख १७ गतेदेखि चलाइरहेको समूहको ‘लाउके’ हुन् । पछिल्लो समय त्यस क्यासिनोमा भएको भाँडभैलोको बारेमा समाचार लेखिएको विषयलाई लिएर माइलोले ज्यान मार्ने धम्की दिएका हुन् । उक्त क्यासिनोको एकल सञ्चालक जयन्ती थापा हुन् । तर वैशाख १७ गतेदेखि उनी त्यस क्यासिनोमा छिरेकी छैनन् ।
नक्कली भारतीय मुद्राको कारोबारमा समातिएको गिरोहल उक्त क्यासिनो कब्जा गरेपछि समाचार नलेखिदिन आग्रह गर्दै माइलो भनिने जग्गा दलाल काप्रीले फोन गरेर सम्पादकसँग सम्पर्क गरेको थियो । तर समाचार छापिएपछि ज्यान लिने धम्की दिन पनि गिरोहको तर्फबाट उही अगाडि आएको छ ।