पत्रकार प्रल्हाद रिजाललाई ज्यान मार्ने धम्की दिनेलाई कारवाही गर्न पत्रकार महासंघको माग

Diyo post  

काठमाडौँ, भदौ २६ । नेपाल पत्रकार महासंघले आर्थिक दैनिक, सुलसुले अनलाईन र जनमञ्च साप्ताहीकका सम्पादक रहेका पत्रकार प्रल्हाद रिजाललाई ज्यान मार्ने धम्कि दिने व्यक्तिलाई तत्काल कारवाही गर्न माग गरेको छ ।

बिहीबार विज्ञप्ती जारी गर्दै महासंघले पत्रकारलाई बिच बाटोमा रोकेर ज्यानै मार्ने धम्की दिएको घटनाप्रति पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । ‘महासंघ प्रेस स्वतन्त्रता विरोधी यस्ता धम्कीको कडा निन्दा गर्दछ’ विज्ञप्तीमा भनिएको छ,‘ धम्की दिने गोरखाका वेदप्रसाद काप्रीलाई कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भिर बन्न सम्बन्धित निकायसँग माग गर्दछ ।’

बुधबार बिहान पौने १० बजे काठमाडौंको गैह्रीधारामा पैदलयात्रा गरिरहेका सम्पादक रिजाललाई बाटो छेकी गोरखाका घरजग्गा दलाल माइला भन्ने वेदप्रसाद काप्रीले कुनै न कुनै रुपमा ज्यान लिने धम्की दिएका हुन् । टंगालतर्फबाट दायाँ किनारा हुँदै पश्चिमचर्फ आइरहेका सम्पादक रिजाललाई गैह्रीधारा चोकमा हार्भेष्टमुन ट्राभलको साइडमा आई काप्रीले ज्यान मार्ने धम्की दिएका थिए ।

यो पनि

‘बंगारा झार्दिन्छु’ भन्दै पत्रकार प्रल्हाद रिजाललाई बाटोमै ज्यान मार्ने धम्की !

सम्बन्धित खबर