काठमाडौँ, भदौ २८ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१४ मा सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । शनिबार दिउँसो ट्रकको ठक्करबाट मोटरसाइकलको पछाडी बसेका २२ बर्षीय युवकको मृत्यु भएको हो ।
चन्द्रागिरीको मुख्य सडकमा ना ६ ख २७४४ नम्बरको ट्रकले बा ८९ प ४३२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट घम्भिर घाइते भएका चन्द्रागिरि नगरपालिका–८ बौथलीका २२ बर्षीय युवा मनिष कार्कीको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको छ ।
मोटरसाईकल चालक २४ बर्षीय बसन्त कार्की गम्भिर घाइते भएका छन् । उनको पनि ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।