दियोपोस्ट समाचार प्रभावः मृगौलापीडित प्रकाश बिकले सहयोग पाए, उपचार प्रकृया शुरु हुँदै !

दियो पोस्ट  

काठमाडौँ । दुबै मृगौलाले काम गर्न छाडेपछि बिगत एक वर्ष यता जीवन मरणको दोसाँधमा रहेका अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नं. १ रानीचौरका प्रकाश बिकको उपचार हुने भएको छ । दियो पोष्ट डटकमबाट उनको अवस्थाको बारेमा समाचार सम्प्रेषण भएपछि देश बिदेशमा रहेका ब्यक्तिहरुले उनलाई सहयोग रकम पठाए पछि उनको उपचार हुने भएको हो ।

उनको उपचारका लागि दियोपोष्ट डटकमका सम्पादक रीता बुढाथोकीले प्रकाश बचाउ अभियान संचालन गरेकी थिइन् । यही अभियान मार्फत देश बिदेशमा रहेका नेपालीहरुले सहयोग रकम पठाएका थिए । उनीहरुले पठाएको करिव ५ लाख रुपैया रकम ए.बि.सी. टेलिभिजनको चर्चित कार्यक्रम ‘इन्द्रेणी’ मार्फत बिहिबार बिरामीका परिवारलाई हस्तान्तरण समेत गरिएको छ ।

उपचारका लागि देश बिदेशबाट सहयोग रकम आए पछि छोरा बाँच्ने आशा पलाएको भन्दै प्रकाशका बुवा कृष्ण कामीले सबै सहयोग दाताहरुलाई धन्यवाद दिए । आफ्नो छोराको उपचारका लागि सुभेच्छा प्रकट गर्नेहरुलाई धन्यवाद दिँदै उनले भने, “तपाईहरुको सहयोगले मेरो छोराले उपचार पाउने भयो, यतिबेला मेरो खुसीको सिमा छैन ।” प्रकाशको जीवन बचाउ अभियानका सहयोगी प्रति उनले कृतज्ञता प्रकट गरे ।

प्रकाश बिकको उपचारका लागि इजराइल, साउदी अरेयिबा, अस्ट्रेलिया, जापान तथा नेपालमा रहेका नपालीहरुले सहयोग गरेका थिए । इजराईलबाट श्रवण क्षेत्रीले एकल अभियान सुरु गरेका थिए भने, दलित सहयोग संजाल साउदी अरेबियाका अध्यक्ष किशन बिकले अभियनलाई साथ दिएका थिए । त्यस्तै, अस्ट्रेलियाबाट अनिल आचार्य र जापानमा रहेका खगेन्द्र पाण्डे पनि अभियान सुरु गरि रकम संकलन गरेका थिए ।

प्रकाश बि.क. बचाउ अभियानका लागि इजराइलमा श्रवण क्षेत्रीले सुरु गरेको अभियानमा २ लाख ४३ हजार ५ सय रुपैया रकम संकलन भएको थियो ।

त्यस्तै, किशन बिकले ८६ हजार ७ सय ८७ रुपैँया संकलन गरेका थिए । अस्ट्रेलियाबाट अनिल आचार्यले ५० हजार रुपैयाँ र जापानबाट खगेन्द्र पाण्डेले २७ हजार रुपैयाँ संकलन गरेका थिए ।

पाना क्याफे अनामनगरले प्रकाश बिकको लागि सहयोग रकम जुटाउनका लागि सांगितिक कार्यक्रम नै संचालन गरेको थियो । सांगितिक कार्यक्रम र अन्य सहयोगी दाताहरुबाट संकलन गरेको एक लाख ३७ हजार रुपैयाँ बिरामीका परिवारलाई हस्तान्तरण गरिएको थियो । संकलित रकम इन्द्रेणी कार्यक्रम मार्फत एक मुष्ट हस्तान्तरण गरिएको छ ।

कसले कहाँबाट कति सहयोग गरे ?

१) श्रवण क्षेत्री– २७१८९।–(ने.रु)
२) रिता रेग्मी– १७२७१।–(ने.रु)
३) विष्णु पुन– १०५००।–(ने.रु)
४) दिपक केसी– ५०।–(डलर)

५) आरजे राहुल बञ्जाडे– ५०००।–(ने.रु)
६) बोदी खत्री– १५०।–(इजराइली मुद्रासेकेल)
७) राज पाठक– १२१।–(इ.मु.सेकेल)
८) दिपेन श्रेष्ठ– १०१।–(इ.मु..सेकेल)
९) दिप सेली– १०१।– (इ.मु. सेकेल)
१०) प्रिय सापकोटा– १०१।– (इ.मु. सेकेल)
११) अनिष श्रेष्ठ– १०१।– (इ.मु. सेकेल)
१२) अनिल मणी पोखरेल– १०१।– (इ.मु. सेकेल)
१३) निरज खवास– १०१।– (इ.मु. सेकेल)
१४) अनिसा दुलाल– १०५।– (इ.मु. सेकेल)
१५) बिना क्षेत्री– १०५।– (इ.मु. सेकेल)
१६) लक्ष्मी सापकोटा– १०१ ।– (इ.मु. सेकेल)
१७) सोनि सापकोटा– १०१।– (इ.मु. सेकेल)
१८) राम थापा– १०१।– (इ.मु. सेकेल)
१९) कविता बिमली– १०१।– (इ.मु. सेकेल)
२०) सहदेव ढकाल– ५५।–(इ.मु. सेकेल)

२१) मियु लामा– १०१।– (इ.मु. सेकेल)
२२) सुरवि एस चापागाईँ– १००।– (इ.मु. सेकेल)
२३) सुविन लामा– १०१।– (इ.मु. सेकेल)
२४) राज छत्कुली– ५०।–(इ.मु. सेकेल)
२५) सुष्मा शर्मा पाण्डे– ५०।–(इ.मु. सेकेल)
२६) रुपा काली गैरे– ५५।–(इ.मु. सेकेल)
२७) शंकर पाण्डे– १००।– (इ.मु. सेकेल)
२८) मिरा मिरु शर्मा– १००।– (इ.मु. सेकेल)
२९) रिखी शर्मा खनाल– १०१।– (इ.मु. सेकेल)
३०) रोजिन हिरो– १०१।– (इ.मु. सेकेल)
३१) न्यौपाने कृष्ण– १०१।– (इ.मु. सेकेल)
३२) राज सापकोटा– ५५।–(इ.मु. सेकेल)
३३) अम्बिका क्षेत्री– ५०।–(इ.मु. सेकेल)
३४) मनोज ज्ञवाली– १२१।– (इ.मु. सेकेल)
३५) एलिना खड्का– १०१।–(इ.मु. सेकेल)
३६) लामा सोनाम तेन्जिङ– ५१।–(इ.मु. सेकेल)
३७) विपिन तामाङ १०१।– (इ.मु. सेकेल)
३८) सुमी राई– ६०।–(इ.मु. सेकेल)
३९) प्रेम श्रेष्ठ– ५१।–(इ.मु. सेकेल)
४०) रविन दाहाल– १००।– (इ.मु. सेकेल)
४१) अनुप गुरुङ– १०१।– (इ.मु. सेकेल)
४२) भरत केसी– १०५।– (इ.मु. सेकेल)
४३) प्रणामी श्रीकृष्ण– १११।– (इ.मु. सेकेल)
४४) श्री अनुष्का कडरिया– १०१।– (इ.मु. सेकेल)
४५) श्री मिरा सन्त्यान दास– १००।– (इ.मु. सेकेल)

४६) श्री ज्योती ढुंगाना– १००।– (इ.मु. सेकेल)
४७) श्री विश्व रावत– ५१।–(इ.मु. सेकेल)
४८) तेन्जिङ शेर्पा– १०१।– (इ.मु. सेकेल)
४९) किरण शर्मा– ५१।–(इ.मु. सेकेल)
५०) विश्णु रेग्मी– १००।– (इ.मु. सेकेल)
५१) मनोज ज्ञवाली– १००।– (इ.मु. सेकेल)
५२) टी सेरिङ शेर्पा– १००।– (इ.मु. सेकेल)
५३) तारा विश्वकर्मा– १००।– (इ.मु. सेकेल)
५४) मायाँ राज भण्डारी– १००।– (इ.मु. सेकेल)
५५) रिया श्रेष्ठ– १००।– (इ.मु. सेकेल)
५६) कृष्ण अधिकारी– १००।– (इ.मु. सेकेल)

५७) कृष्ण भण्डारी– ५०।–(इ.मु. सेकेल)
५८) पुनम शेर्पा– ५०।–(इ.मु. सेकेल)
५९) कृष्ण कँडेल– ५०।–(इ.मु. सेकेल)
६०) थेन्दुप शेरिङ भुटिया– १०१।– (इ.मु. सेकेल)
६१) भुमि शुब्बा– १०१।– (इ.मु. सेकेल)
६२) सोनु लामा– १०१ (इ.मु. सेकेल)
६३)डेभिड इफ्राति– १०१।– (इ.मु. सेकेल)
६४) भगवती बैदवा– १०१।– (इ.मु. सेकेल)
६५) मनु लिम्बु– १०१।– (इ.मु. सेकेल)
इजराइलबाट २ लाख ४३ हजार रुपैया जम्मा भएको थियो ।

त्यस्तै पाना क्याफे अनाम नगरले संचालन गरेको अभियानमा युरोपमा रहेका नेपाली दाजु भाई तथा दिदी बहिनीहरुले सहयोग रकम संकलन गरेर बिरामीका परिवारलाई पठाएका थिए । सहयोगीहरुको नामावली यसप्रकार छ ।

१. पाना क्याफे रु. २३,५००।–
२. सुमन सेरचन रु. १०,००० ।–
३. तारा थकाली रु. ५०००।–
४. विरसना थकाली रु. ५,०००।–
५. इन्द्रप्रभा तुलाचन रु. ५००।–
६. रञ्जिता थकाली रु. ५००।–
७. नरमता थकाली रु. ५००।–
८. मनिसा गुरुङ रु. ५००।–

९. विमला रोक्का १० यूरो
१०. समुह ५० युरो
११. नरकुमारी पुनः १० युरो
१२. दिलामाया मगर १० युरो
१३. रोशनी घले गुरुङ १० युरो
१४. तेज कुमारी मगर १० युरो
१५. इन्द्र हिराचन २० युरो
१६. मनकुमारी रामजाली १० युरो

१७. वाली गुरुङ ५ युरो
१८. मार्के गुरुङ ५ युरो
१९. श्याम मगर ६ युरो
२०. सीता थकाली ५० युरो
२१. प्रेम कुमारी गुरुङ ५० युरो
२२ मिना तामाङ २० युरो

२३. गोबिन्द थकाली (जापान ) रु. ५०००

त्यस्तै, अष्ट्रेलियाबाट अनिल आचार्यले सुरु गरेको अभियानमा ५० हजार रुपैँया संकलन भएको थियो । जापनमा खगेन्द्र पाण्डेले रु. २७ हजार रकम संकलन गरि बिरामीका नाममा खोलिएको बैंक खातामा जम्मा गरेका छन् ।
दलित एकता संजाल नेपाल, क्षेत्रीय समिती रियादका अध्यक्ष किशान बिस्वकर्माको पहलमा एक दिने अभियानद्वारा ८६ हजार ७ सय ८७ रुपैया संकलन भएको थियो । उक्त रकम पनि लोकप्रिय कार्यक्रम इन्द्रेणी मार्फत हस्तान्तरण भएको छ । साउदी अरेबियामा किशन बिस्वकर्माको अध्यक्षतामा एक दिने अभियान संचालन गरिएको थियो । त्यसका लागि उपाध्यक्ष प्रकाश बि.क., सहसचीव मदन पोर्तेल, कोषाध्यक्ष सम्शेर परियार, सदस्यहरु केशब बि.क र प्रबिन दङ्गालीले साथ दिएको अभियन्ता किशन बि.क.ले जानकारी दिए ।

चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीका संचालक कृष्ण कणेलले कार्यक्रममै २० हजार रुपैयाँ रकम हस्तान्तरण गरेका थिए ।

आफुले सुरु गरेको अभियानले मुर्त रुप लिएको भन्दै सम्पादक बुढाथोकीले सहयोग दाताहरुलाई धन्यवाद दिइन् । उनले भनिन्, “बाँचुन्जेल समाज सेवा र मानबीय सहयोगका लागि मेरो कलम चलिरहने छ ।”

समाचार यस्तो थियो

जोतेर हुर्काएको छोराको दुवै मृगौला फेल, भन्छन्,‘पैसा नहुने हामी गरिबलाई किन ठूलो रोग लाग्छ ?’