संसदमा प्रधानमन्त्रीको संबोधन स्थगित, यस्तो छ कारण !

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संसदमा गर्न लागेको सम्बोधन स्थगित भएको छ । संसद अधिवेशन अन्त्य हुने भएकाले बिहीबार दुवै सदनमा उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । दिउँसो साढे २ बजे प्रतिनिधि सभा र त्यसपछि राष्ट्रिय सभामा सम्बोधन गर्ने भनिएको थियो ।

शुक्रबार संविधान दिवस परेकोले त्यो दिन पनि केही बोल्नुपर्ने भएकाले बिहीबारको सम्बोधन रोकिएको प्रधानमन्त्री निकट स्रोत बताएको छ । प्रधानमन्त्रीले ओलीले शुक्रबार टुँडिखेलमा आयोजना हुने संविधान दिवसको मुल राष्ट्रिय कार्यक्रममा सम्बोधन गर्नेछन् ।

प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम दिन बिहीबार संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुले संबोधन गर्दैछन् । तर नेकपाको तर्फबाट भने संसदीय दलका उपनेता नेम्वाङले नै संबोधन गर्नेछन् ।