भारतीय प्रधानमन्त्री मोदीले अमेरिकामा पाए अहिलेसम्मकै भव्य स्वागत,’दुर्लभ संयुक्त कार्यक्रम’आयोजना

दियो पोस्ट  

काठमाडौं, असोज ६ । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्प र भारतीय प्रधानमन्त्रीको ‘दुर्लभ संयुक्त कार्यक्रम’मा दशौँ हजार भारतीय मूलका अमेरिकीहरू सहभागी भएका छन्।

टेक्सस राज्यको ह्युस्टनमा आयोजित गरिएको कार्यक्रममा दुवै नेताले सम्बोधन गरे।

आयोजकहरूले अमेरिकामा पोपबाहेक अन्य विदेशी नेतालाई गरिएको त्यो नै अहिलेसम्मको सबैभन्दा भव्य स्वागत भएको बताएका छन्।

करिब ५० हजार मानिस सहभागी कार्यक्रमलाई ट्रम्पले ‘पूर्णतया ऐतिहासिक कार्यक्रम’ भनि टिप्पणी गरे।

कार्यक्रमको नाम ‘हाउडी मोदी’ राखिएको थियो। बोलीचालीको भाषामा स्वागतपूर्ण शैलीमा हालचाल सोध्न उक्त शब्द प्रयोग गरिन्छ।

उत्तरमा मोदीले भने, “भारतमा सबै ठिक छ।”

एकअर्काको प्रशंसा

मोदीले सम्बोधनको आरम्भ ट्रम्पको प्रशंसाबाट गरेका थिए।

मोदीले भने, “हामीसमक्ष विशेष व्यक्ति उपस्थित हुनुहुन्छ। उहाँलाई कुनै परिचयको खाँचो छैन। विश्वका हरेक व्यक्तिले उहाँको बारेमा जान्दछन्। यो महान् देशको सबैभन्दा उच्च पदमा बस्नुअघि पनि हरेक मानिस उहाँबारे परिचित थिए। उहाँको स्वागत गर्नु मेरा लागि सम्मानको विषय हो।”

ट्रम्पसँग आफूले कैयौँ पटक भेट गरेको र उनमा आत्मीयता पाएको मोदीको भनाइ थियो।

मोदीले सन् २०२० मा हुने चुनावबाट फेरि पनि ट्रम्पको सरकार बन्ने बताए।

मोदी महान्’

ट्रम्पले भारतसँगको सुरक्षा सहयोग बढ्ने छिट्टै रक्षा सम्झौता गरिने बताए। उनले नोभेम्बर महिनामा दुवै देशका जल, स्थल, र हवाई सेनाले मिलेर युद्ध अभ्यास गर्ने जानकारी दिए।

उनले भने, “हामी ती सबै भारतीय र अमेरिकी सैनिकलाई सम्मान गर्छौँ जो जनताको रक्षाको निम्ति खटिइरहेका हुन्छन्। हामी कट्टरपन्थी इस्लामिक आतङ्कवादबाट बचाउन प्रतिबद्ध छौँ।”

त्यसपछि प्रधानमन्त्री मोदी र कार्यक्रममा उपस्थित मानिसहरूले उभिएर ताली बजाएका थिए।

TATA ADD