भारतीय खुफिया एजेन्सी ‘रअ’का नेपाल प्रमुखसँग राई स्कुलको प्रिन्सिपलको रहस्यमयी भेट !

दियो पोस्ट  

काठमाडौं, २५ भदौ । राजधानीको नक्सालमा रहेको एक विद्यालयका प्रिन्सिपलले भारतीय खुफिया संस्था ‘रअ’को योजनामा गतिविधि गरेको पाइएको छ ।


नक्सालमा रहेको राइ स्कुलका प्रधानाध्यापक के.पी पाण्डे ‘किर्ति ले भारतीय खुफिया संस्था ‘रअ’का नेपाल प्रमुख अभिजित हल्दरसँग भारतीय दूतावासमै गोप्य वार्ता गरेको समेत पाइएको हो ।
बुधबार दिउँसो भारतीय दूतावास छिरेका पाण्डे र रअका प्रमुख बीच ३ घण्टा १० मिनेटसम्म रहस्यमयी भेटघाट भएको स्रोतले बताएको छ ।


यस विषयमा दियोपोस्टले राई स्कुलका प्रधानाध्यापक कृति भनिने केपी पाण्डेलाई सोधेका थियौँ ‘के तपाईं बुधबार ३ बजेतिर भारतीय दूतावास जानु भएको थियो ?’ जवाफमा उनले भने, ‘हो गएको थिएँ ।’

तर, उनले रअका प्रमुख हल्दरलाई भेटेको विषय भने अस्विकार गरे । पाण्डेले रअका प्रमुखलाई नभई भारतीय दूतावासका इकोनोमिक विङका प्रमुख प्राभजित सिंह गुलाटीलाई भेट्न गएको उनको दाबी थियो ।


‘होइन भेटेको छैन । उहाँसँग भेट गर्नका लागि एपोइन्टमेन्ट चाहिन्छ । यो चाहिन्छ उ चाहिन्छ,’ पाण्डेले भने ।


पाण्डेले दियोपोस्टसँग अस्वीकार गरेपनि स्रोतले भने रअ प्रमुखसँग भेटेको सत्य भएको बताएको छ । उनी रअ प्रमुखलाई भेटेर बेलुका करिब ७ बजेर ३० मिनेटमा निस्किएका थिए । नेपाल सरकारको महत्वपूर्ण जासुसी संयन्त्र राष्ट्रिय अनुसन्धान विभागकै पूर्व अध्यक्ष सल्लाहाकार रहेको राई स्कुल भारतीय गतिविधिको केन्द्र विन्दु बनेको छ । त्यहाँ गृहमन्त्रालयै पूर्वउच्च अधिकारी समेत सल्लाहाकार रहेको पाइएको छ ।


नेपाल सरकारकै जासुसी संयन्त्रका पूर्व प्रमुखहरु सल्लाहाकार रहेको विद्यालयका प्रिन्सिपलले भारतीय खुफिया संस्थाको प्रमुखलाई भेट्नुले विविभन्न आशंका जन्माएको छ ।

TATA ADD