बुहारीलाई बलात्कार गरेको आरोपमा पक्राउ

बुहारीलाई बलात्कार गरेको आरोपमा पक्राउ

भोजपुर, ४ असोज । जिल्ला प्रहरी कार्यालय भोजपुरले बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका बस्ने ४५ वर्षीय पुरुषलाई २० वर्षीया बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार दिउँसो पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको जनाएको छ ।

पक्राउ परेको पुरुषले गत साउन १६ गते र भदौ ३१ गते बुहारीलाई जबरजस्ती करणी गरेको पीडीत महिलाले बताएको प्रहरीले जनाएको छ । यसबारेमा प्रहरीफले थप अनुसन्धान गरिरहेको छ ।

Trending News