१,१५४ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ६५ हजार नाघ्यो

१,१५४ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ६५ हजार नाघ्यो

काठमााडैं । पछिल्लो २४ घण्टामा थप १,१५४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६५,००० नाघेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिले देशभरि १७,६११ जनामा सक्रिय सङ्क्रमण छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ। यो सँगै देशभर ४२७ जनाको मृत्यु भएको छ।

Trending News