रिद्धि सिद्धि सिमेन्टको अबैध धन्दा : ईजाजत बिनै राष्ट्रिय वनमा उत्खनन् गरेको खुलाशा !

दियो पोस्ट  

काठमाडौं, ९ असोज । रिद्धि सिद्धि सिमेन्ट उद्योग प्रा.लीले इजाजत बिनै गैरकानुनी रुपमा राष्ट्रिय वन क्षेत्रमा उत्खनन् गरेको पाइएको छ । मकवानपुरको रक्सिराङ गाउँपालिका ४ मा रहेको सिमेन्ट उद्योगको चुनढुंगा खानीले रुपमा उतखनन् गरेको पाइएको हो ।


राष्ट्रिय वन क्षेत्रमा डोजर चलाएर सयौँ रख नष्ट गरेको उद्योगले इजाजत लिनु अघि नै उत्खन्न गरेको पाइएको हो ।

दियोपोस्टले फेला पारेको प्रमाण अनुसार रिद्धिसिद्धि सिमेन्टले २०७५ चैत्र १० गते गुणस्तर तथा नापतौल विभागबाट इजाजत पाएको देखिन्छ । तर, मकवानपुरको रक्सिराङ गाउँपालिकामा रहेको चुनढुङ्गा खानीले भने इजाजत पत्र लिनु अघि नै राष्ट्रिय वन क्षेत्रमा डोजर चलाउने र उत्खनन्न गर्ने कार्य गरेको पाइएको छ ।


रिरिक्सिराङ गाउँपालिका स्थित गिगुं चुनढुंगा २३.१५६ वर्ग किलोमिटर क्षेत्र फल भएको चुनढुङ्गा खानी उत्खनन् गर्न खानी तथा भूगर्भ विभागबाट प्रस्पपेक्टिभ लाइसेन्स मात्रै लिएको थियो । तर, गुणस्तर तथा नापतौल विभागबाट लाइसेन्स लिनुअघि नै अर्थात २०७५ साल मंसिर अघि नै राष्ट्रि वन क्षेत्रमा रिद्धिसिद्धि सिमेन्ट उद्योगले उत्खन्न शुरु गरेको पाइएको छ । वन क्षेत्रमा डोजर चलउान अशोक सप्लायर्सलाई प्रतिघण्टा २ हजार रुपैयाँका दरले भाडामा दिएको समेत खुलेको छ । डोजर चलाएबापत २१ लाख रुपैयाँ भुक्तानी दिएको समेत पाइएको छ ।

रिद्धि सिद्धि सिमेन्टलाई राष्ट्रिय वन क्षेत्रमा गैरकानुनी रुपमा उत्खनन् गरेको भन्दै डिभिजन वन कार्यालय राप्तीले वन ऐन २०७६ को दफा ४९ ग बमोजित कसुर गरेको ठहर गरेको छ ।

मिाइनिङ स्किम तथा आइई र ईआए समेत स्विकृत नगरी बाटो विस्तार गरेको र राष्ट्रिय वन क्षेत्रमा ३ सय ११ वटा रुख तथा विरुवा नष्ट गरेको अभियोग पत्रमा उल्लेख छ ।

दियोपोस्टले प्राप्त गरेको १९ पृष्ठको अभियोग पत्र अनुसार रक्सिराङ गाउँपालिका वडा नम्बर ४ रतुवा देखि देविटार गिगुंडाँडासम्म रिद्धि सिद्धि सिमेन्टकै लगानीमा बाटो विस्तार भएको थियो । राष्ट्रिय वन क्षेत्रमा बिना अनुमति चारवटा डोजर प्रयोग गरि मनोमानी रुपमा बन बिनास गरेको अभियोग पाइएको छ ।

अभियोग पत्र अनुसार सिमेन्ट उद्योगले २.२८ हेक्टर राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरेको पाइएको छ । ३११ वटा बोट विरुवा नष्ट गरेको अभियोगमा ४ लाख ६६ हजार २ सय ८६ रुपैयाँ ५० पैसा विगो दाबी गरिएको छ ।

गत पुस २१ गते नै जिल्ला अदालत मकवानपुरले सिमेन्ट उद्योगका प्रबन्धक गणेश कुमार सिंह सहितका सञ्चालकलाई पक्राउ पूर्जि जारी गरेको थियो । पक्राउ पूर्जि जारी उनीहरु भागेको अभियोग पत्रमा उल्लेख छ ।

तर, सिमेन्ट उद्योगका मालिकहरुलाई भने उन्मुक्ति दिएको पाइएको छ । रिद्धिसिद्धि सिमेन्ट उद्योग शंकर ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानीमा सञ्चालित छ । शंकर ग्रुपका अध्यक्ष शंकरलाल गोल्यान ‘अग्रवाल’ हुन् । त्यस्तै अम्बे ग्रुपका अध्यक्ष भने शोभाकर न्यौपाने हरि हुन् । यसअघि जिल्ला वन कार्यालय हेटौंडाले वन क्षेत्रमा गैरकानुनी उत्खनन् गरेको अभियोगमा शिवम सिमेन्ट उद्योगका मालिक रघुनानन्द मारुलाई नै पक्राउ गरि मुद्दा चलाएको थियो ।

TATA ADD