काठमाडौं, ११ भदौ । रोटरि इन्टरन्याश्नल डिस्ट्रिक्टले स्थापना गरेको बासु रोटरि भोकेश्नल अवार्ड अन गुड गभर्नेन्सबाट दुई जना पत्रकार पुरस्किृत भएका छन् । खोजी पत्रकारितामा क्रियाशिल भएको भन्दै आर्थिक दैनिकका प्रधानसम्पादक प्रल्हाद रिजाल र हाम्रा कुरा डटकमका प्रधानसम्पादक अजय बाबु सिवाकोटीलाई जनही ५ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय भएको हो ।
रिजालले केही वर्षअघि नै ललिता निवास जग्गा प्रकरणको समाचार बाहिर ल्याई उक्त घोटालाको उत्खन्न गरेको थियो । केही वर्षपछि उक्त जग्गा प्रकरणको चर्चाले उग्र रुप लिएको थियो । अख्तियारले पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका विजय कुमार गच्छदार सहित १ सय ७५ जनालाई मुद्दा दायर गरेको थियो ।
त्यस्तै अर्का पत्रकार अजयबाबु सिवाकोटीले तत्कालिन सभामुख कृष्ण बहादुर महराले संसद सचिवालयमा कार्यरत एक महिलालाई जबरजस्ती करणी गरेको विषयमा समाचार प्रकाशन गरेका थिए । समाचार बाहिर आएसँगै राजिनामा दिएका महरालाई प्रहरीले पक्राउ गरि मुद्दा चलाएको थियो । दिल्लीबजार कारागारमा लामो समय जेल जीवन विताएका महरालाई जिल्ला अदालत काठमाडौंले सफाई दिएको थियो । पीडित भनिएकी महिलाले समेत आफूलाई महराले केही पनि नगरेको र महरालाई सफाई दिनुपर्ने बयान दिएकी थिइन् ।
अवार्ड इञ्जिनियर रोटेरियन सुरेन्द्र गोविन्द जोशीले आफ्नो र आफ्नो श्रीमती बद्रीलक्ष्मी जोशीको नाममा स्थापना गरेका हुन् ।
ई. जोशी रोटरी क्लब अफ यल ९पाटन ललितपुर० का संस्थापक सदस्य तथा पूर्व अध्यक्ष हुन् ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले प्रदान गदै आएको ‘रोटरी जर्नो अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९–२० का लागि प्रत्येक प्रदेशबाट एक एक जना गरी ७ जना उत्कृष्ट पत्रकारहरुलाई पुरस्कृत गर्ने भएको छ ।
यसरी पुरस्कृत हुनेहरुमा विनु तिमल्सिना (नेपाल टेलिभिजन) मोरङ, श्याम बन्जारा (आवाज एफएम र जनभण्डाफोर दैनिक) पर्सा, कमला हमाल (जनता टिभी) काठमाडौ, दीपेन्द्र श्रेष्ठ (अन्नपूर्ण एफएम) कास्की, लक्ष्मी आचार्य (नयाँ युगवोध दैनिक र समरेखा मासिक) दाङ, भीमबहादुर सिंह (कान्तिपुर दैनिक) जाजरकोट र उन्नति चौधरी कैलाली छन् ।
त्यसैगरी विभिन्न ५ विधामा निरन्तर कलम चलाउने ५ जना पत्रकारहरुलाई ‘रोटरी जर्नो अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९–२० बाट पुरस्कृत गरिएको छ ।
यस अवार्डबाट पुरस्कृत हुनेहरुमा आर्थिक पत्रकारिता क्षेत्रबाट पुष्पराज आचार्य (स्वतन्त्र पत्रकार) काठमाडौ, वातावरण पत्रकारिता क्षेत्रवाट टिका वन्धन (अन्नपूर्ण पोष्ट दैनिक) काठमाडौं, शिक्षा पत्रकारितातर्फ दिपेन्द्र प्रसाद सिंह (न्यूज कारोवार डट कम र आजको शिक्षा) धनुषा, स्वास्थ्य क्षेत्रवाट सम्झना महर्जन (रेडियो सगरमाथा), काठमाडौं र महिला संचारकर्मीतर्फ विनिता रिजाल (नेपाल टेलिभिजन) काठमाडौं रहेका छन् । उक्त पुरस्कारको राशी जनही रु २५ हजार रहेको छ ।