धादिङमा कांग्रेसको राजनीति : कोरोना महामारीमा रक्सी मासु खुवाउँदै पार्टी प्रवेश गराउँदै !

दियो पोस्ट  

दियोपोस्ट संवाददाता,
धादिङ, १२ असोज । गत असोज ९ गते शुक्रबार निलकण्ठ नगरपालिका वडा नम्बर ९ का एक ३१ वर्षिय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टी भयो । संक्रमित पुरुष अहिले मनमोहन अस्पताल काठमाडौंमा उपचाररत छन् ।


गाउँमा कोरोना संक्रमित देखिएपछि संक्रमितको परिवारको पनि छिटो भन्दा छिटो स्वाव संकलन गरि पिसिआर परिक्षण गर्न स्थानियले माग गरेका छन् । तर आफ्नै वडामा कोरोना संक्रमित देखिएको २ दिन बितिसक्दा समेत वडा अध्यक्ष भोज बहादुर रेग्मी भने अनविज्ञ जस्ता देखिन्छन् ।
स्थानियले कोरोना संक्रणमण देखिएको कुरा जानकारी गराउँदा वडा अध्यक्ष रेग्मीले ‘संञ्चार र स्वास्थ्य क्षेत्रलाई थाहा हुने कुरा हो, हामीलाई कहाँ थाहा हुन्छ र ?’ भन्ने प्रतिक्रिया दिदै कोरोना जस्तो संवेदनशिल विषयलाई हलुका रुपमा लिएका छन् । कोरोना भाईरसको जोखिम रोकथाम तथा नियन्त्रण गर्न वडा तहदेखि विभिन्न निकाय जुटिरहँदा निलकण्ठ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रेग्मीलाई भने पार्टी प्रवेश गराउन भ्याई नभ्याई छ ।


कोरोनाको उच्च जोखिमको अवस्थालाई वेवास्ता गर्दै स्थानिय जनप्रतिनिधिहरु संक्रमित गाउँमै पुगी पार्टी प्रवेश गराउनमा व्यस्त छन् । समुदायस्तरमा कोरोना फैलन नदिन सावधानी अपनाउन पर्ने ठाउँमा ३/४ गाउँका मानिस भेला गर्दै पार्टी प्रवेश गराउँदै हिँडेको स्थानियले बताएका छन् । निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गाना, ९ नम्बरका वडा अध्यक्ष भोज बहादुर रेग्मी र वडा सदस्य छनुमाया गुरुङ लगायतको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम भइरहेको स्थानियले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आधिकारिक रुपमा पुष्टी भएर आईसकेको कोरोना पोजेटिभको नतिजालाई समेत उनीहरुलाई मत्लबै छैन ।


दिनकै मदिरा पाटी


कोरोना भाईरस जस्तो संवेदनशिल विषयलाई समेत गिज्याउँदै पाटी भईरहेको प्रवेश कार्यक्रमले स्थायिनको निद हराम गरेको छ । दिनकै रक्सी, मासु खाएर हो हल्ला गर्ने जमातले रातभर सुत्न नसक्ने अवस्था आएको स्थानिय बताउछन् । गएको एक हप्तादेखि गाउँमा यस्ता गतिविधि निरन्तर चलिरहेको छ ।

पार्टी प्रवेश गराउँदै हिँडेका मेयर, वडा अध्यक्ष लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले कोरोना संक्रमित नदेखिएको भनिरहेपनि ती कोरोना संक्रमित स्वास्थ्य कार्यलय धादिङको सम्पर्कमा रहेको पुष्टी गरेको छ ।


निलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालका अनुसार कोरोना संक्रमित अहिले काठमाण्डौंमा उपचाररत बताए । संक्रमित मनमोहन अस्पताल काठमाण्डौंबाट डिस्चार्ज भई धादिङको आईशोलेसनमा राख्ने तयारी भईरहेको र संक्रमितको परिवार तथा सम्पर्कमा आएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ मार्फत पिसिआर परिक्षण गर्ने पनि रिजालले बताए ।
कोरोना संक्रमितको रिपोर्ट झुट भएको भन्दै केही व्यक्तीबाट आफूलाई पनि फोन आएको उनको भनाई छ । कोरोना जस्तो संवेदनशिल विषयमा संयता अपनाउन र रोगसँग खेलाची नगर्न समेत रिजालले आग्रह गरे ।

वडाध्यक्ष भन्छन्,‘म भत्ता बाँढ्न लागेको थिएँ, क–कसले के–के गरे’


यस विषयमा प्रतिक्रिया लिन दियोपोस्टले वडाध्यक्ष रेग्मीलाई सम्पर्क गरेको थियो । शुरुमा आफू समलग्न नभएको र आफू वडाको भत्ता बाँढ्ने कार्यक्रममा सरिक भएको बताउँदै झूटो बोले । दियोपोस्टले तपाईं नै सरिक भएको भिडियो नै छ नी भनेपछि भने उनले आफू एक छिन गएर फर्किएको बताए । जिल्ला प्रशासन कार्यालयले भिडभाड, र भेला नगर्न निर्देशन दिएपनि नेपाली कांग्रेस नेकपा लगायत राजनीतिक पार्टीले कोरोना फैल्याउने जोखिम बढाएका छन् ।

सम्बन्धित खबर