काठमाडौं, १४ असोज । मलेशियामा रहेर गुण्डागर्दी तथा अपरण गरि विभिन्न व्यक्तिलाई फिरौती असुलीमा समलग्न दुर्गा बहादुर श्रेष्ठ उर्फ डेभिडलाई प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले सार्वजनिक गरेको छ ।
तेह्रथुम जिल्लाको सोल्मा गाविस वडा नम्र ८ घर भई हाल मोरङ जिल्लाको साविक सुन्दरपुर गाविस वडा नम्बर ५ स्थायी बसोबास भएका श्रेष्ठ लामो समयदेखि मलेशियामा गुण्डागर्दीमा समलग्न थिए । उनी मलेशिया स्थित टप ग्लोब नामक कम्पनिमा कर्नर क्यान्टिन समेत सञ्चालन गर्छन् ।
उनका डाइभर श्याम नेपाली समेतले डेभिडकै योजनामा नै मलेसियामा नै काम गर्ने जिल्ला दाङको पहरुवा घर भएका मध्म रैदासलाई अपहरण गरी ७ दिनसम्म बन्धक बनाएको भन्दै सिआइबीमा उजुुरी परेको थियो । पडितकी श्रीमतीलाई बिभिन्न मलेसियाका नम्बरबाट फोन गरी डेभिडले उनकै नाममा रहेको हिमालयन बैंक लि.को खातामा मलेसियन ६० हजार रिङगेट जम्मा गरिदिए मात्रै श्रीमानको ज्यान रहने नत्र मारिदिने समेतका धम्कीहरु दिएको सिआइबीले जनाएको छ । डेभिडले फिरौती बापत १५ लाख रुपैयाँ उनको खातामा जम्मा गर्न गरेपछि मात्रै अपहरण गरेको र अपरिहतको राहधानी कब्जामा लिई नेपाल समेत आउन नदिएको भन्दै श्रीमतीले जाहेरी दिएकी थिइन् ।
जाहेरीकै आधारमा सिआइबले उनलाई काठमाडौंको कान्तीवाल अस्पताल स्थित सडकमा बा.१४ च. २११२ नं. को भक्सवागन कम्पनिको गाडीमा सवार रहेको अवस्थामा पक्राउ गरेको हो ।
सिआाईबा अनुसार डेभिडबाट मलेशियामा काम गर्न गएका सोझा र गरिब कामदारहरु त्रसित छन् । उनीहरुलाई धम्काउने र रकम अशुली गर्ने गरेको भन्दै सिआइबीले थप अनुसन्धान जारी राखेको छ ।