काठमाडौं, १८ भदौ । लुम्बिनी प्रदेशको मुख्यमन्त्री कुल प्रसाद केसी सोनामको प्रेस संयोजकमा पत्रकार मानसिंह विक नियुक्त भएका छन् ।
रोल्पा समाचार दैनिक सञ्चालन गर्दै आएका विक लामो समयदेखि पत्रकारितामा क्रियाशिल छन् ।
उनलाई मुख्यमन्त्री केसीले प्रेस संयोजकमा नियुक्त गरेपछि रोल्पामा क्रियाशिल पत्रकार संगठनहरुले बधाई कार्यक्रम नै आयोजना गरेका छन् । राष्ट्रिय दलित पत्रकार संघ र प्रेस संगठन नेपालले उनलाई संयुक्त रुपमा बधाई दिएको छ ।
रोल्पामा रहेर विकले राष्ट्रिय स्तरमा पत्रपत्रिकामा समेत रिपोर्टिङ गर्दैै आएका छन् । उनी हाल लुम्बिनी प्रदेशको प्रेस संगठनको प्रदेश संयोजक समेत हुन् ।