२ लाख घुससहित पक्राउ परेका कलंकीका वडा सदस्य महर्जन कृष्ण गोपाल श्रेष्ठका ‘भाई’ !

diyopost.com
दियो पोस्ट  सोमबार, भाद्र २१, २०७८ | २३:५५:४१

काठमाडौं, २१ भदौ । नेकपा एमालेका नेता तथा पूर्व शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठका कार्यकर्ता २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा पक्राउ गरिएका उनी काठमाडौं वडा नम्बर १४ का वडा सदस्य समेत हुन् ।


महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरि मोही प्रमाण पत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि भन्दै सेवा ग्राहीबाट २ लाख रुपैयाँ घुस लिएका थिए ।


उनलाई सोमबार अख्तियारले दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । अख्तियार टोलीले उनलाई खसिबजारस्थित वडा कार्यालय नजिकै रहेको न्यु कान्तिपुर तन्दूरी भोजनालयबाट नियन्त्रणमा लिइएको हो ।

उनलाई पक्राउ गरेपछि यसअघि शिक्षामन्त्री रहँदा निकै विवादित बनेका एमाले सांसद कृष्ण गोपाल श्रेष्ठले अख्तियार प्रमुखलाई घुसिया कार्यकर्ता रिहाका लागि माग गरेका छन् । यद्धपी राईले भने उनको कुरामा खासै चासो नदिएको स्रोतले बतायो ।


पक्राउ परेका महर्जनले सामाजिक सञ्जालमा कृष्ण गोपाल श्रेष्ठलाई दाई भन्दै संबोधन गरेका छन् । स्रोतका अनुसार श्रेष्ठले घुससहित पक्राउ परेका महर्जनलाई भाई भनेर सम्बोधन गर्थे ।

सम्बन्धित खबर