दक्षिण अफ्रिकामा हजारौँ महिलाको नायक बनेकी एग्नेसको कहानी

diyopost.com
दियो पोस्ट  मंगलबार, भाद्र २२, २०७८ | १९:३८:१३

सैंड्रिन लंगूबू


एग्नेस सिथोललाई दक्षिण अफ्रिकाका हजारौँ अस्वेत महिलाहरुले एक हिरोको रुपमा देख्छन् ।


एग्नेसले ७२ वर्षको उमेरमा आफ्ना पतिविरुद्ध मुद्दा दायर गरिन्। उनी आफ्नो इच्छाको विरूद्ध घर बेच्न चाहन्थे त्यसलाई रोक्न उनले कानूनी मार्ग रोजिन र यस प्रक्रियामा उनले कानूनद्वारा आफ्नो अधिकार पाइन् ।


एग्नेस सिथोलले सन् १९७२ मा गिदोनसँग विवाह गरिन् । उनीहरुसँगै हाई स्कूलमा अध्ययन गर्थे तर छिटै गिदोनको कर्तुत उनीको अगाडी आउन थाल्यो ।

एग्नेस भन्छिन्, “उनी सधैं बाहिर धेरै सम्बन्धहरु राख्थे । सम्बन्धहरु फेरिरहन्थे तर यसले मलाई २०१६ देखि २०१७ सम्म कुनै प्रभाव पारेन तर जब उनले हाम्रो सम्पत्ति बेच्ने निर्णय गरे तब मलाई फरक पर्यो ।”


उसको सामान्य जवाफ थियो, “यो उनको घर हो, उनको सम्पत्ति हो र यसमा मेरो कुनै अधिकार छैन ।” घर गुमाउने खतरा थियो र त्यसपछि एग्नेसले २०१९ मा आफ्नो पतिको बिरूद्ध कानुनी मार्ग अपनाउने निर्णय गरिन । उनको पुस्ताकी एक काली महिलाले यस्तो कदम उठाउनु सामान्य कुरा थिएन । उनी भन्छिन्, “म त्यतिबेला ७२ वर्षको थिएँ। म कहाँ जान सक्छु र कहाँबाट सुरु गर्न सक्छु? त्यसै

ले मेरो एक मात्र विकल्प दक्षिण अफ्रिकी अदालतमा उनको विरुद्धमा खडा हुनु थियो । एग्नेस भन्छिन् , परिस्थितिले उनलाई साहसी बनायो।
उनी भन्छिन् कि यदि यस्तो परिस्थिति उत्पन्न नभएको भए, उनले यो कदम उठाउने बारे कहिल्यै सोचेने थिइनन्।


महिलाहरुसँग थिएन कुनै विकल्प


एग्नेसको विवाह भएको समयमा दक्षिण अफ्रिकामा गोराहरुको शासन थियो। त्यहाँ विवाहित कालो मानिसहरुको लागी पुरुषहरुको मात्रै सम्पत्तिमा सबै अधिकार थियो ।


एग्नेस भन्छिन्, “त्यसबेला महिलाहरुलाई कुनै विकल्प दिइएको थिएन। महिलाहरुले विवाह गर्नको लागी यो प्रणालीको पालन गर्नुपर्ने थियो या उनीहरु विवाह नगरी बस्न सक्थे ।”


वैवाहिक सम्पत्ति अधिनियम १९९८ मा संशोधन गरिएको थियो। जसमा महिलाहरुलाई समान सम्पत्तिको अधिकार दिइएको थियो। तर त्यसको लागि महिलाहरुको पतिको सहमति आवश्यक छ। आवेदन को लागी भुक्तान गर्ने र दुई बर्ष को अवधि भित्र पेश गर्नु पर्थयो। “हामीलाई थाहा थियो कानून परिवर्तन भएको छ र सोचेका थियौं , यो सबैको लागी परिवर्तन भएको छ” एग्नेस बताउँिछन्। तर पछि थाहा भयो यो सत्य होईन र त्यसपछि उनले कानूनी लडाई लड्ने निर्णय गरिन् ।


राम्रो जीवनको आशा


एग्नेस को जन्म क्वाजुलु–नतालको एक कोइला खानी शहर व्रहिदमा भएको थियो । १९४० को दशक मा देश भरमा जातिहरु बीच स्पष्ट आर्थिक अंतर थियो। एग्नेसका बुबा रेल सफा गर्ने काम गर्नुहुन्थ्यो। उनी गोरा रेलवे अधिकारीहरुका लागी चिया बनाउँथे। उनकी आमा भान्सामा काम गर्थिन्। एग्नेस भन्छिन्, “म निकै गरीब परिवारमा जन्मेकी थिएँ। मेरा आमा बुबा मजदुर हुनुहुन्थ्यो तर उहाँ हाम्रा लागि एक उदाहरण हुनुहुन्थयो ।
“हामी हप्ताको अन्त्यमा चर्च जाने गर्थ्यौं । वास्तवमा, सम्बन्ध बिच्छेद गर्नको लागी अनुमति थिएन चाहे सम्बन्ध राम्रो संग नचलिरहेको होस । म दोस्रो विवाहको लागि तयार थिईन किनकि मेरा बालबच्चाहरु आमाबुबा नभएको वातावरणमा कसरी हुर्कन सक्थे । त्यो समयमा मलाई अरु थाहा थिएन । “एग्नेसले आफ्ना आमा बुबालाई हँसिलो र सबै विपत्तिको सामनामा गर्दै खुशी भएको देखेकी थिईन त्यसैले देखीन् र उनी हरेक परिसिथतिको सामना गर्दै आफ्नो जीवन राम्रो बनाउन चाहन्थिन् ।


बालबच्चाहरु को जिम्मेवारी


गिदोन संग विवाह गर्नु अघि एगनेस नर्सको रूपमा प्रशिक्षित थिइन । त्यसपछि उनले कपडा बेच्ने काम गरिन। घर को आवश्यकताहरु पूरा गर्न उनले अन्य धेरै कामहरु गरिन् । एग्नेस भन्छिन्, “मलाई छिटै थाहा भयो म एक्लो छु ।” त्यससमय सम्म एग्नेस चार बच्चाहरुको आमा बनीसकेकी थिईन । “म काम देखि घर फर्कीए लगतै लुगा सिलाई, खरीद र बिक्रीको काम सुरु गर्थे । म त्यतिबेला धेरै कामहरु गरिरहेकी थिए । मलाई मेरा बालबच्चाहरु जसरी पनि पढाउनु पर्ने थियो । उनी भन्छिन्, “म स्वभावैले मेहनती छु । मैले जिन्दगीभर मेहनत गरेकी छु । कसैको आशामा बाँच्नु भन्दा आफ्नो लागि आफैं लड्नु मलाई राम्रो लाग्छ ।”
एग्नेसको विवाहकौ नौ वर्ष पहिले नै सम्बन्धमा दरार आएको थियो। एक साँझ काम बाट फर्केर आएपछि, उनले देखिन गिदोन केहि नबोली अर्को कोठामा बस्न गएका थिए। उनीहरु एउटै छत मुनि बस्थे तर एक अर्काको कुनै वास्ता हुदैँनथ्यो ।


“हामी कोरिडोरमा, सीढीमा वा पार्किङमा एकअर्कासंग टक्राव हुन्थयो तर कुरा गरेनौं।“ एग्नेस भन्छिन् कि गिदोनले उनीसंग घर बेच्ने योजनाको बारेमा कहिल्यै बताएका थिएनन् र यो थाहा पाएपछि उनलाई झट्का लाग्यो।
केस जितिन, श्रीमान् माफ भए
यदि घर बेचेको भए उनी घरबारविहीन हुन सक्थिन्, उनले २०१९ को शुरुमा गिदोनको बिरूद्ध आर्थिक दुर्व्यवहार भएको भन्दै मुद्दा दायर गरिन्। उनले आफ्नो पक्षमा तर्क गर्दै भनिन उनले यो घर बनाउन र परिवार हुर्काउन पनि ठूलो योगदान दिएकी छिन्।


दुई बर्ष पछि दक्षिण अफ्रिकाको संवैधानिक अदालतले एक उच्च अदालतको फैसलामा टिप्पणी गर्दै भन्यो अवस्थित कानूनहरु कालो दम्पतीहरु र विशेष गरी कालो महिलाहरुको विरुद्ध भेदभाव गरिन्थयो ।


यस अन्तर्गत फैसला १९९८ भन्दा पहिले विवाहलाई “इन कम्यूनिटी फ्राम प्रापटीमा” रूपान्तरण गरिनेछ । जसको अर्थ, महिलाहरुलाई सम्पत्तिको समान अधिकार दिनु पर्नेछ । निर्णय पश्चात एग्नेस र उनको कान्छी छोरी बेडरूम मा बसेर अनलाइन कार्य हेरीरहेका थिए ।


सुरुमा उनलाई मुद्दा जितेको थाहा थिएन । उनलाई विश्वास भएन तर उनका वकिलले उनलाई फोन गरी आदेशको बारेमा बताए। उनी भन्छिन्, “म खुशी संगसंगै रोईरहेकी थिएँ। मलाई लाग्यो, मेरो लडाई संगै आज ती हजारौं महिलाहरु लाई पनि आफ्नो हक मिल्यो।“ एग्नेस भन्छिन्, “यो निर्णय निश्चित रूप देखि उनको पुस्ताको महिलाहरुको लागी सांस्कृतिक र असामान्य छ ।”मेरो लागी, केस जित्नु सबैभन्दा राम्रो विषयहरु मध्ये एक हो जुन मैले गरेको छु ।”एग्नेसले गिदोनलाई पनि क्षमा गरिन् ।

अदालतको कार्यवाही चलिरहेको थियो, यसै बीचमा गिदोनको कोभिड –१९ को कारण मृत्यु भयो । मृत्यु हुनुभन्दा दुई दिन अघि उनले आफ्नी श्रीमती र छोरीहरुसंग माफी मागेका थिए। एग्नेस भन्छिन्, “हामीले उनलाई क्षमा दिएका छौं र म शान्त छु ।

मलाई कुनै पश्चाताप छैन र सबैभन्दा महत्त्वपूर्ण कुरा, मैले मेरो विवाहको कर्तव्य पूरा गरें ।”

अनुवाद : यशु सापकोटा

सम्बन्धित खबर