मुल्ला हसन अखुन्दजादाले अफगानिस्तानको नेतृत्व गर्ने

diyopost.com
दियो पोस्ट  बुधबार, भाद्र २३, २०७८ | ०:५०:४२

काठमाडौं, भदौ २२ । सत्ता कब्जा गरेको झण्डै एक महिना पुग्नै लाग्दा तालिबानले अफगानिस्तानलाई ‘द इस्लामिक इमिरेट अफ अफगानिस्तान’ घोषण गरेको छ ।

तालिवानका प्रवक्ता अहमदुल्लाह वासिकले अफगानिस्तान अब आधिकारिक रुपमा ‘द इस्लामिक इमिरेट अफ अफगानिस्तान’ भएको बताएका हुन् ।

प्रवक्ताका अनुसार सरकारमा कुनै महिलालाई किन सहभागी नगराएको भन्ने प्रश्नमा तालिबानका प्रवक्ता अहमदुल्लाह वासिकले मन्त्रिपरिषद् सदस्यहरुको घोषणा अझै पूरा नभएको बताएका छन् । मुल्ला हसन अखुन्दजादाले नयाँ सरकारको नेतृत्व गर्ने भएका छन्। सो सरकारमा मुल्लाह याकुब रक्षामन्त्री र सिराज हक्कानी गृहमन्त्री बनेका छन्।

तालिवानले गत १५ अगस्टमा अफगानिस्तान सरकार कब्जा गरेको थियो । तालिवान २० वर्षपछि पुनः सरकारमा फर्किएको हो ।

सम्बन्धित खबर