पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारमा ८१ लाख सकियो : एउटै कोठाको २१ लाख रुपैयाँ !

diyopost.com
दियो पोस्ट   बिहिबार, भाद्र २४, २०७८ | ९:०१:४९

काठमाडौं, २४ भदौ । पूर्व एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचारमा राज्यको ८१ लाख रुपैयाँ खर्च भएको छ । उनको उपचारमा कोठाको शुल्क मात्रै प्रतिदिन २८ हजार ५ सय रुपैयाँ खर्च भएको छ ।


उनको उपचारको सम्पुर्ण खर्च सरकारले व्यहोर्ने निर्णय भएको छ । तत्कालिन केपी ओली सरकारले खनालको उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो । ओली सरकारले गरेको निर्णय अनुसार खनालको उपचार खर्च वर्तमान सरकारले भारतीय दूतावास मार्फत दिल्ली पठाएको हो ।
मृगौला प्रत्यारोपण गर्नुपर्ने भएपछि खनाल भारतको नयाँदिल्लीस्थित इन्द्रपथ एपोलो अस्पतालमा उपचार गर्न पुगेका थिए ।

मृगौला प्रत्यारोपण गराउने क्रममा उनी एपोलो अस्पतालमा ७६ दिनसम्म बसेका थिए । खनालको उपचारपछि एपोलो अस्पतालले ५० लाख ८८ हजार ६ सय २४ भारतीय रुपैयाँ अर्थात ८१ लाख ४१ हजार ७ सय ९८ रुपैयाँको बिल एपोलो अस्पतालले दिल्लीस्थित नेपाली दुतावासलाई दिएको छ ।


खनालको गत भदौ १४ गते डिस्चार्ज भएको थियो । अस्पतालको बिल अनुसारको भूक्तानी नेपाली दूतावासले गरिसकेको छ । ५ लाख ८८ हजार ६ रुपैयाँ भने भुक्तानी गर्न बाँकी रहेको छ । अस्पतालले खनाल बसेको एउटा कोठाको प्रतिदिन २८ हजार रुपैयाँको दरले ७६ दिनमा २१ लाख ६८ हजार ४ सय ८० रुपयाँ अर्थात १३ लाख ५५ हजार ३ सय भारतीय रुपैयाँ लिएको छ ।

सम्बन्धित खबर