काठमाडौं, २५ भदौ । सर्वोच्च आदालतले नेपाल आयाल निगम सञ्चालक समितिको विज्ञ सदस्यमा सहदेव बोगटीको नियुक्ति बदर गरेको छ ।
न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले ११ माघ २०७७ मा भएको नियुक्ति बदर गरेको हो । बोगटीको मनोनयन अनुचित, अनैतिक, सुशासनको मर्म विपरित र स्वेच्छाचारीपूर्ण देखिएको इजलासको ठहर छ ।
उनलाई तत्कालिन केपी ओली सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नियुक्त गरेका थिए । भट्ट निकट कार्यकर्ता उनको योग्यता समेत नपुगेको पाइएको थियो ।