प्रचण्ड, माधव नेपाल र आहुती एउटै मञ्चमा !

diyopost.com
दियो पोस्ट  शुक्रबार, भाद्र २५, २०७८ | १९:२४:२५

काठमाडौं, २५ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समावादीका अध्यक्ष माधव नेपाल र वैज्ञानिक समाजवादी पार्टीका संयोजक आहुती एकै मञ्चमा देखिने भएका छन् ।


लेखक तथा वामपन्थी नेता पर्शुराम तामाङद्वारा लिखित नेपाली ‘कम्युनिस्ट आन्दोलनको कार्यादिशा’ पुस्तक विमोचन समारोहमा तीन मुख्य नेताले संबोधन गर्ने जनाइएको छ ।

आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा नेकपाका नेता राम कार्की, बन्धु चन्दले पनि संबोधन गर्नेछन् ।

तामाङद्वारा लिखित उक्त पुस्तक जागरण बुक हाउसले प्रकाशन गरेको हो ।