महेश बस्नेतको नाममा हप्ता असुली गर्ने ‘टोलेगुण्डा’ पक्राउ : केपी ओलीसँगैको तस्विरसहित

diyopost.com
दियो पोस्ट  मंगलबार, भाद्र २९, २०७८ | २२:०६:०७

काठमाडौं, २९ भदौ । नेकपा एमालेका युवा नेता महेश बस्नेतको नाममा हप्ता असुली गर्ने एक व्यक्ति पक्राउ परेका छन् । युवा संघकी पूर्व अध्यक्ष निरुपालको धर्म भाई समेत रहेका रुमेश कट्वाललाई महानगरीय प्रहरी अपराध महासाखाले पक्राउ गरेको हो । तर, उनको वास्तविक नाम भने रुसिल कटुवाल रहेको प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।


पक्राउ परेका कट्वाल पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग समेत निकट रहेका छन् । उनलाई जग्गा सम्बन्धी ठगीमा पक्राउ गरिएको हो ।


सुनसरीको धरान उपमहानगरपालिका ९ स्थायी भर भई काठमाडौंको वडा नम्बर ३२ मा बस्दै अँएका रुसिल कटुवाल र मोरङको केराबारी गाउँपालिका वडा नमबर ६ स्थायी घर भई काठमाडौं बस्दै आएका धिरज कुमार दाहालले नुवाकोटको तारकेश्वर गाउँपालिका २ घर भई काठमाडौंको सुकेधारा बस्ने उद्धव प्रसाद अधिकारीलाई ठगी गरेका हुन् ।

धिरजको नाममा रहेको मोरङको केराबारी गाविस वडा नमबर ६ (क) को कित्ता नम्बर ६ सय ३८ को एक आना र कित्ता नम्बर ६४० को ७ आना २ पैसा जग्गा विक्री गर्नका लागि बैना बापत नेपाल इन्भेष्टमेन्ट बैंकको बत्तिस पुतली शाखाबाट ६८ लाख रुपैयाँ निकालेका थिए ।

तर जग्गा विक्री गर्नुको सट्टा सम्पर्क विहिन भएपछि पीडितले सोधी खोजी गर्न थाले । गत वर्ष असार २० गते मालपोत कार्यालय मोरङमा गएर बुझ्दा उक्त जग्गाहरु बिक्री भइसकेको पाइएको थियो । सोही ठगी अभियोगमा प्रहरीले रुसीललाई पक्राउ गरेको हो । अर्का ठग धिरजलाई भने खोजी कार्य भइरहेको अपराध महासाखाले बताएको छ ।

सम्बन्धित खबर