भूमि समस्या अब समाधान तर्फ , ब्युतियो भूमि आयोग : अध्यक्षमा निरौला र उपाध्यक्षमा खड्का

diyopost.com
दियो पोस्ट  बुधबार, भाद्र ३०, २०७८ | २३:३९:००

काठमाडौं, ३० भदौ । भूमि सम्बन्धी समस्या समाधानका लागि सरकारले फेरी सुकुम्बासी समस्या समाधान आयोग ब्युँताएको छ । राष्ट्रिय भूमि आयोगका नाममा गठित आयोगमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष केशव निरौलालाई अध्यक्षमा नियुक्त गरिएको छ ।

उपाध्यक्षमा भने माओवादी केन्द्रबाट विषय विज्ञता समेत हासिल गरेका नहेन्द्र खड्कालाई नियुक्त गरेको छ । उनीहरु दुवैलाई प्रधानमन्त्री शेर बहादुर देउवाले आजै सपथ गराएका छन् । मंगलबारको बैठकबाट उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

एमाले अध्यक्ष ओलीको सरकारमा भूमि आयोगलाई कार्यकर्ता भर्ति केन्द्र बनाएको भन्दै चौतर्फी आलोचना भएको थियो । ओलीले ७७ वटै जिल्लामा युवा संघ सम्बद्ध नेता कार्यकर्तालाई जागिर खुवाउने गरि भूमि आयोगमा भर्ति गरेका थिए । देउवा सरकार बनेपछि आयोग नै विघटन भएको थियो ।

सम्बन्धित खबर