ललितपुरको दुर्गम भेग बागमती गाउँपालिकामा लायन्स क्लबद्वारा निशुल्क आँखा शिविर

diyopost.com
दियो पोस्ट  सोमबार, आश्विन ०४, २०७८ | ०:३८:२९

काठमाडौं । लायन्स क्लब ईन्टरनेश्नलले राजधानी नजिकै रहेर पनि ‘दूर्गम’ क्षेत्र मानिने बागमती गाउँपालिका ३ राइगाउँमा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

वडा नम्बर ३ को वडा कार्यालय भवनमा आयोजित शिविरमा १ सय ११ जना स्थानियबासीले निशुल्क आँखा परिक्षण गराएका छन् । ती मध्ये चार जनाको मोतियाविन्दु अपरेशन गर्नु पर्ने भएकाले निशुल्क अपरेशनको व्यवस्था समेत मिलाईएको छ ।

लायन्स क्लब ईन्टरनेश्नलको समन्वयमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको सहयोगमा आयोजित शिविरले जनताले आफ्नो आँखाको उपचार गर्न पाएकोमा आफूलाई अत्यन्त खुसी लागेको वडा अध्यक्ष विष्णु बहादुर तिमिल्सिनाले बताए ।
समन्वयकर्ता तथा लायन्स पिएमजे शम्भु बहादुर थापाका अनुसार सहभागीहरुलाई परिक्षणपछि चस्मा समेत निशुल्क वितरण गरिएको थियो ।

सम्बन्धित खबर