काठमाडौं । सशक्त महिला अधिकारकर्मी कमला भासीनको मृत्यु भएको छ । शनिबार विहान क्यान्सरका कारण उनको मृत्यु भएको हो ।
कमलाकी मित्र खुसी कबिरका अनुसार विहान २ बजेर ४५ मिनेट जाँदा उनको निधन भएको हो । भारतको राजस्थानमा सन् १९४७ अप्रिल २४ मा जन्मिएकी भासिन सशक्त लेखक समेत थिइन् । उनी आफ्ना पिताको चौथो सन्तान थिइन् । उनले महिला अधिकारका लागि संगत भन्ने संस्था नै स्थापना गरेकी थिइन् । भासिनले लेखेको कविता ‘किनकी म महिला हुँ, मैले पढ्नुपर्छ’ निकै चर्चित थियो ।
Our dearest friend, our comrade, most beautiful human being,Kamla Bhasin left this world at 2.45 am. She was diagnosed with cancer three months to this day. Having touched so many lives in such a positive way, Kamla continues to live on in us and among us. Rise in Power, Kamla pic.twitter.com/Ia5Q7wtZqj
— Khushi Kabir (@KhushiKabir) September 25, 2021
सामाजिक अभियान्ताहरुका अनुसार भासिनले ३५ वर्षसम्म महिला अधिकार, शिक्षा र समानताका लागि वकालत गरेकी थिइन् ।
Kamla Bhasin, our dear friend, passed away around 3am today 25th Sept. This is a big setback for the women’s movement in India and the South Asian region. She celebrated life whatever the adversity. Kamla you will always live in our hearts. In Sisterhood, which is in deep grief pic.twitter.com/aQA6QidVEl
— Kavita Srivastava (@kavisriv) September 25, 2021
भासिनले सन् १९७२ बाट भारतको ग्रामिण भेगमा स्वयंसेवी हिसाबले काम गरेकी थिइन् । उनले खाध्य सुरक्षा तथा कृषि सस्था मा रहेरसमेत लामो समय काम गरेकी थिइन् ।
When I was younger, I dreamt that I’ll grow up and someday get a chance to meet you 😔 You will always be my favorite role model.
Rest In Peace, Kamla Bhasin; our candle in the wind 🕯 pic.twitter.com/dOwLJi9oOT
— Renushi Ubeyratne (@RenushiU) September 25, 2021