झूटको सहारामा गल्ती ढाकछोप गर्न गल्छी गाउँपालिका उपाध्यक्षको विज्ञप्ती : यस्तो छ प्रमाण !

diyopost.com
दियो पोस्ट  बुधबार, आश्विन १३, २०७८ | १:१७:४४

धादिङ । असक्त तथा अपाङ्गता भएका नागरिकलाई राज्यले आफ्नो उपस्थिति जनाउनका लागि सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ ।

केन्द्रीय सरकारले वार्षिक बजेट मार्फत दिने यस्तो भत्ताले अपाङ्गता भएका व्यक्तिहरुमा राज्यमाथि आफ्नोपनको आभास गराउँछ । तर, धादिङको गल्छी गाउँपालिकाले एक जना ७० वर्षिय असक्त बृद्धमाथि घृणित हर्कत गरेको छ ।

उनको भत्ता रोक्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले ग्लोबल आइएमई बैंकलाई पत्राचार गरेको विषयमा दियोपोस्ट डटकमले समाचार प्रकाशन गरेपछि गाउँपालिकाले झूटो विज्ञप्ति निकालेर भ्रम छर्न खोजेको पाइएको छ ।

 

यसअघि केन्द्र सरकारले वडा नम्बर ६ निवासी राम बहादुर भूजेललाई शारीरिक अपांगता वर्गिकरण गर्दा अति असक्त अपाङ्गता परिचय पत्र अर्थात ‘खण्ड ख’को पत्र पाएका थिए । उनले सोही निलो परिचय पत्रको आधारमा नियमित भत्ता बुझेर आफ्नो गुजारा चलाउँदै आएका थिए ।

  • केन्द्रीय सरकारले दिएको परिचय पत्र

 

तर, स्थानिय तह शुरु भएपछि गाउँपालिकाले नै अपाङ्गता परिचय पत्र दिने क्रममा उनको परिचय पत्रमै गोलमाल गरिएको थियो । अर्थात उनलाई ‘ग’ वर्गमा राखिएको थियो । सामान्य लेखपढ समेत नभएका भूजेललाई गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले नै परिचय पत्र दिएका थिए ।

 

भूजेलले बुझ्दै आएको भत्ता विवरण

 

यसअघि नियमित भत्ता बुझ्दै आएका भूजेललाई निलो कार्ड र पहेँलोको अन्तर थाहा थिएन । पहिले जसरी भत्ता बुझेका थिए त्यसरी नै भत्ता पाउने आशामा थिए । उनको खातामा सरकारले भत्ता पनि पठाएको थियो । तर, उनले भत्ता लिन जाँदा भने भत्ता पाएनन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भूजेलको खातामा आएको भत्ता समेत रोक्न पत्राचार गरिदिए ।

सोही विषयमा पीडितलाई थप पिडा दिएको भन्दै दियोपोस्टले समाचार प्रकाशन गरेपछि गल्ती सच्याउनुको सट्टा गाउँपालिकाले अपाङ्ग बृद्धमाथि मानमर्दन हुने गरि विज्ञप्ती निकालेको छ ।

गाउँपालिका उपाध्यक्ष तथा अपाङ्गता समन्वय समितिकी उपाध्यक्ष राधा तिमिल्सिनाले विज्ञप्ति निकाल्दै प्रकाशित समाचार झूटो भएको बताएकी छिन् ।

 

मानवीय संवेदनालाई समेत ख्याल नगरी ७० वर्षे अपाङ्ग बृद्धमाथि ज्यादती गरेको घटनाको ढाकछोप गर्न विज्ञप्तिको साहारा लिइएको छ ।

सम्बन्धित खबर