गगन थापाले सर्लाही ४ बाट चुनाव लड्ने !

दियो पोस्ट  

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा सर्लाही ४ बाट प्रतिनिधि सभाको निर्वाचन लड्ने भएका छन् ।

महामन्त्री थापा यसअघि काठमाडौं ४ बाट चुनाव लड्दै आएका थिए । पाँच दलीय गठबन्धनले गगनलाई काठमाडौं ४ बाट चुनाव लड्नका

लागि छाडेको भए पनि पछिल्लो समय बनेको समीकरणअनुसार उनी सर्लाही ४ बाट चुनाव लड्ने भएका हुन् ।

त्यसो त उनी सर्लाही ४ बाट पनि एकल सिफारिस भएर आएका थिए ।

उनले काठमाडौं ४ बाट पनि चुनाव लड्ने तयारी तीव्र बनाएका थिए । तर कांग्रेसको उच्च स्रोतका अनुसार उनले सर्लाही ४ नै रोजेका हुन् ।

सिफारिस