गण्डकीका नवनियुक्त मन्त्री देवकोटाले लिए शपथ

दियोपोस्ट संवाददाता

गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद देवकोटाले बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष शपथ लिएका हुन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख भट्टले देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नियुक्त गरेका थिए ।

एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी देवकोटालाई दिइएको हो ।

यसअघि देवकोटाले मन्त्रालय छाडेपछि कांग्रेसका नन्दप्रसाद न्यौपानेले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए । पछिल्लो मन्त्रिपरिषद् हेरफेरसँगै न्यौपानेलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

गण्डकी प्रदेशमा भौतिक पूर्वाधार विकास र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय सबैभन्दा बढी बजेट भएका मन्त्रालय हुन् ।

सम्बन्धित खबर