काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले काठमाडौंमा उम्मेदवारको टुंगो लगाएको छ । सत्ता गठबन्धनको भागबण्डामा माओवादीले काठमाडौंको क्षेन नम्बर २, ७ र ९ पाएको थियो । सोही क्षेत्रमा माओवादीको उम्मेदवार टुंगो लागेको हो ।
माओवादीले काठमाडौं २ बाट ओनसरी घर्तीलाई टिकट दिएको छ । पुर्व सभामुख समेत रहेकी घर्ति नेकपा मओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन‘अनन्त’की श्रीमती हुन् ।
त्यस्तै माओवादीले काठमाडैंको ७ बाट भने नेपाल समाजवादी पार्टीकी मानषी यामी भट्टराईलाई सहयोग गर्ने भएको छ । भट्टराईले माओवादीकै चुनाव चिन्हबाट लड्दै छिन् । त्यस्तै काठमाडौं केन्द्रले काठमाडौं ९ बाट पूर्वमन्त्री कल्पना धमलालाई उम्मेदवार बनाएको छ ।
धादिङको साविक क्षेत्र नम्बर २ बाट पहिलो संविधानसभा सदस्य निर्वाचित धमला सोही क्षेत्रबाट दोस्रो संविधानसभा सदस्यमा पराजित भएकी थिइन् ।