कर्णालीमा १२ सिटका लागि ७४ उम्मेदवार भिड्दै

दियो पोस्ट  

काठमाडौं । नजिकै आउँदै गरेको मङ्सिर ४ गते हुने प्रतिनिधि सभा चुनावको लागि कर्णालीबाट ७४ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् । १२ सिटका लागि ७४ जना उम्मेदवार चुनावी मैदानमा होमिएका हुन् ।

जसमध्ये २/२ वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा सबैभन्दा बढी १७ जना उम्मेदवार बनेका छन् भने दैलेखमा १३ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । यस्तै, सल्यानमा ७, डोल्पामा ५, मुगुमा ५, जुम्लामा ५, कालिकोटमा ७, जाजरकोटमा ६, रुकुम पश्चिममा ६ प्रतिनिधि सभाको लागि मैदानमा छन् ।

हुम्लामा भने सबैभन्दा कम ३ जना मात्रै उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । यस जिल्लामा गठबन्धनबाट साझा उम्मेदवारको रूपमा माओवादी, एमाले र राप्रपाका उम्मेदवार रहेका छन् । यस्तै, १० जिल्लामा १३ जना स्वतन्त्र उम्मेदवारहरू रहेका छन् । १० जिल्ला रहेको कर्णाली प्रदेशमामा १२ वटा निर्वाचन क्षेत्र रहेका छन् ।

सम्बन्धित खबर