युद्धग्रस्त युक्रेनमा अध्ययन गराउने भन्दै विद्यार्थीलाई मुर्गा बनाउने धन्दा : सामाजिक संजालमै विज्ञापन

दियो पोस्ट  

काठमाडौं । रुस र युक्रेनबीचको युद्धका कारण संसार भरका नागरिकलाई युरोपियन मुलुकहरुले भिषामा निकै कडाई गरिरहेका छन् । युक्रेनको आकाशमा हरेकदिन जसो बम बर्षा भईरहेको छ । तर, नेपालस्थित एक शैक्षिक परामर्शदाता कम्पनिले भने युक्रेनमा अध्ययन गराउने भन्दै विद्यार्थीमाथि ठगी धन्दा चलाईरहेको पाइएको छ ।
जेभियर एजुकेशन कन्सल्टेन्सी नामक शैक्षिक परामर्शदायक कम्पनिले यसरी विद्यार्थीलाई मुर्गा बनाउन थालेको हो । उसले एक विद्यार्थीले त युक्रेन अध्ययनका लागि भिषा समेत पाएको भन्दै बधाई दिँदै सामाजिक संजालमा विज्ञापन नै गरेको छ ।
चितवनको सहिद चोकमा कार्यालय रहेको उक्त कसल्टेन्सीले यसरी विद्यार्थीलाई मुर्गा बनाउने धन्दा गरिरहे पनि सरोकारवाला निकाय मौन छन् ।
युरोपियन डिग्रि दिलाईदिने भन्दै एसएलसी उत्तिर्ण विद्यार्थी र प्रविणता प्रमाणपत्र तह उत्तिर्ण विद्यार्थीले समेत सहभागी हुन पाउने विज्ञापन गरेको छ ।
२५ दिन भित्र शत प्रतिशत भिषा समेत दिलाउने यो कम्पनिले भ्रम फैलाएको छ । जबकी युरोपीयन मुलुकहरुले यतिबेला सबैभन्दा भिषा टाइट गरेका छन् ।
सामाजिक सञ्जालमा उल्लेखित मोबाइल नम्बर ९८०२३०४८४४ मा सम्पर्क गर्दा उनले युक्रेन अध्यनका लागि कति पैसा लाग्छ भन्ने खुलाउन चाहेनन् । अफिस आवरमा कल गर्न भन्दै उनले फोन राखे ।
सामाजिक सञ्जालमा उल्लेखित वेभसाइटमा खोल्दा त्यहाँ सिइओको नाम अधिकारी उल्लेख छ । तर तस्विर भने गुगलबाट ह्याण्डसम युवाको डाउनलोड गरिएको छ । त्यस्तै राम राई नाम गरेको विद्यार्थीको प्रतिक्रिया भन्दै गुगलकै फोटो डाउनलोड गरेर राखिएको छ ।

सम्बन्धित खबर