देउसीभैलो खेल्नेलाई उम्मेदवारले दान दक्षिणा दिन पाउँछ कि पाउँदैन ?

दियो पोस्ट  

काठमाडौं । निर्वाचन आचारसंहिताले उम्मेदवारलाई नगद वितरणमा रोक लगाएको छ ।

तर, तिहारमा देउसीभैलो खेल्न घरमा आउनेलाई उम्मेदवारले दान दक्षिणा दिन मिल्छ कि मिल्दैन त ? ‘यो धर्म संस्कृतिको कुरा हो । यसमा पार्टी र उम्मेदवारको प्रचारप्रसार गर्न पाइँदैन । धर्म संस्कृतिमा रोक लगाउन सकिँदैन,’ आयोगका एक अधिकारीले भने ।

तर, देउसीभैलो खेल्ने बहानामा उम्मेदवारले प्रचारप्रसार गरेर रकम वितरण गरेमा आयोगले कारबाही गर्नेछ । आज लक्ष्मीपूजाको दिन भैलो र गोवर्धन पूजाका दिन भोलि देउसी खेल्ने गरिन्छ ।

सम्बन्धित खबर