हिटलर बन्न खोजेका ओली आफै समाप्त हुन्छन् : माधव नेपाल

दियो पोस्ट  

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली हिटलर शैलीमा हिँडेको भन्दै उनी आफै समाप्त हुने बताएका छन् । सत्ता गठबन्धन दलले बागमति प्रदेशस्तरीय संयुक्त भेलालाई काठमाडौंमा सोमबार सम्वोधन गदैं अध्यक्ष नेपालले हिटलर पनि सुरुमा जनतामा भम पारेर केही पपुलर जस्तो देखिन खोजेपनि आफै समाप्त भएर गएको उदाहरण दिँदै ओली पनि त्यसैगरी समाप्त हुने बताए ।

काठमाडौंमा गठबन्धनको औचित्यका बारेमा प्रकाश पारिरहनु पर्ने अवस्था नरहेपनि कतिपय भ्रमहरु फैलाइएकोले त्यसलाई तथ्य र वास्तविकताका आधारमा प्रष्ट पार्नुपर्ने आवश्यकता भने रहेको अध्यक्ष नेपालले बताए ।

कतिपय तिक्तताहरु रहेपनि गठबन्धनको औचित्यताका लागि पनि गठबन्धनका उम्मेदवारलाई मत दिन उनले अपिल गरे । उनले संयुक्त अभियान जारी रहने भन्दै गठबन्धनका साझा उम्मेदवारलाई विजयी बनाउनु पर्ने बताए । साझा उम्मेदवारलाई जिताउन नसके प्रतिगमनकारीहरुको मनोबल बढने भन्दै त्यसतिर सोच्न नेपालले आग्रह गरे ।

हामीले गठबन्धनको साझा उम्मेदवारलाई जिताउन सकेनौँ भने प्रतिगमनकारीको मनोबल बढ्छ। हामीले स्वच्छ भावनाका साथ गठबन्धन गरेका छौँ। ०७४ सालमा दुई वटा कम्युनिष्ट पार्टीहरूलाई झण्डै दुईतिहाइको मत दिएका थिए। जनताले राम्रो कामका लागि मौका दिएका थिए। तर, जनताको विश्वासको कदर भएन। लोकतन्त्रको मूल्य मान्यता कुल्चिएर संविधानलाई धुजा पार्ने काम भयो । संघीयतालाई समाप्त पार्ने आशंका भयो। उपलब्धि नै धरापमा पर्‍यो।’ नेपालले भने ।

जनताले २०७४ सालमा वाम गठबन्धनलाई विश्वास गरेर मत दिएपनि केही ब्यीक्तको लहडका कारण सवै जनविश्वासमाथी कुठाराघात गरिएको नेपालले बताए ।

ब्यक्तिबादमा चुलुम्म डुबेका, आफुलाई संविधानभन्दा माथी ठान्ने, राज्यभन्दा पनि आफुलाई माथी ठान्ने हिटलरकारी शैली त्यसवेला देखा परयो, त्यसले जनमतमाथी कुठाराघात भएको नेपालको भनाई थियो । सवै किसिमका विषयमा अनुभवबाट खारिएर आएका नेताहरुको अगाडी नै त्यस्तो खालको प्रवृति देखा परेकोले जनमतको सम्मान गर्न नसकिएको नेपालले बताए ।

गठबन्धन पवित्र उदेश्यका साथ स्थापना भएको भन्दै उनले यसलाई स्वभाविक रुपमा लिन पनि आग्रह गरे । उनले २००७ साल, २०४६ सालको आन्दोलन देखि २०६२र०६३ को जनआन्दोलन सम्म कम्युनिष्ट र कांग्रेसको एकताबाट मात्र सम्भव भएको भन्दै उनले कुनै बेला कसैमा अहंमबाद देखिएपनि जव कांग्रेस र कम्युनिष्ट मिले त्यसपछि आन्दोलन सफल भएको हो ।

गणतन्त्र ल्याउनु भनेको बयलगाढा चढेर अमेरिका पुगिन्न भन्नेहरु अहिले पनि जिवितै रहेको भन्दै बयलगाडा दर्शनको बारेमा वुद्धिजीविहरुलाई बयलागाडा दर्शन लेख्नुपर्ने नेपालले आग्रह गरे । उनले बयलगाडा दर्शन अगाल्ने हो भने राप्रपासँगको एकतामा पुरयाउने पनि बताए । उनले ओली अहिले त्यही लाइनमा लागेको आरोप लगाए ।

सिफारिस