शेरबहादुरलाई प्रधानमन्त्री बनाउन यो गठबन्धन बनेको होइन : देउवा

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सत्तारुढ पाँच दलीय गठबन्धन आफूलाई प्रधानमन्त्री बनाउनका लागि नबनेको बताएका छन्।

सत्ता गठबन्धनले सोमबार काठमाडौंमा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले गठबन्धनको महत्व र अपरिहार्यताबारे व्याख्या गरेका हुन्।

‘यो शेरबहादुरलाई प्रधानमन्त्री बनाउन गठबन्धन भएको होइन्। अहिलेको आवश्यक्ता हो,’ देउवाले भने, ‘मुलुकको आवश्यक्ता हो। यो गठबन्धनको अपरिहार्यता हिजो पनि थियो, छ र रहनेछ।’

उनले भोलिका दिनमा सबै दलहरुले गठबन्धनलाई समर्थन र साथ दिएर अघि बढ्ने विश्वास व्यक्त गरे।

‘हामी महत्वपूर्ण मोडमा आएका छौं। अहिले गठबन्धन के का लागिरु भन्ने कुरा माओवादी अध्यक्ष प्रचण्डले भनिसक्नुभएको छ,’ प्रचण्डले भने, ‘धेरै ठूलो लडाईंपछि प्राप्त भएको लोकतन्त्र, समावेशीतालाई रक्षा गर्नका लागि बनेको हो। समावेशी संविधान छ।’