
काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले गौशालाको धर्मशालामा महानगरको बोर्ड राखेको छ । माडवाडीको प्रतिकारबीच महानगरप्रहरीले माडवाडी सेवा समितिले राखेको बोर्ड हटाएर आफनो बोर्ड राखेको हो ।
सोही क्रममा माडवाडी सेवा समिति र काठमाडौं महानगरप्रहरीहरुबीच धकेलाधकेल भएको छ । पशुपतिनाथको स्वामित्वमा रहेको गौशाला धर्मशाला खाली गराउन पुगेको महानगरको नगर प्रहरी र माडवाडी सेवा समितिबीच धकेलाधकेल भएको हो ।
धर्मशाला खाली गराउन नमानेपछि नगरप्रहरीले जबरजस्ती धर्मशाला खाली गराउन खोज्दा माडवाडीहरुले प्रतिवाद गरेका छन्।










याे पनि
गौशाला धर्मशाला खाली गर्न लागेपछि मारवाडी समितिले भन्यो– हामी बहालमा होइन, मोही हौं