गफगाफ – एक जमाना थियो सिनेमामा नायक, नायिका हुन्थे । भिलेन हुन्थे र उनिहरु सगै सिनेमाको मसलाका रुपमा हास्य कलाकारहरुलाई प्रस्तुत गरिन्थ्यो । तर अहिले समय फेरियो । समय संग सगै प्रविधि फेरियो प्रविधि संगसगै दर्शक फेरिए । सिनेमाको कथा फेरियो । नेपाली सिनेमा हेर्ने सस्कारको विकास हुदै गयो । सिनेमा हेर्ने सस्कार बसे सगै सिनेमा हलमा प्रेम कथा र द्धन्द भन्दा पनि हास्य कलाकारले निर्माण गरेका सिनेमाहरु बढि चल्न थाले । हास्य कलाकारको परिचय सिनेमा नगरिमा यसरी फेरियो कि पहिलेदेखि चलेका अभिनेता नायक नायिकालाइ नै विस्तापिथ गर्दै हास्य कलाकारहरुको बाहुल्यता बढ्न थालेको कलाकार दीपकराज गिरीको बुझाई छ ।
टेलिभिजन पर्दा तितो सत्य, जिरे खुर्सानी र मेरीबास्सैबाट जन्मे हुर्केका हास्य कलाकारहरुले ५ बर्ष अघि चलचित्र छ एकान छ बनाए र अपेक्षा गरे भन्दा बढी चल्यो । छ एकान छ को सफलतासँगै नेपाली सिनेमा बजारमा हास्य कलाकारहरुको अनुहार चल्यो । नाम बिक्न थाल्यो र मुल्य बढ्न बढ्यो । हास्य कलाकार हरुको मुल्य मात्र बढेन, उनिहरुको कथा बढ्न थाल्यो । त्यो संग सगै हास्य कलाकारहरुको अभिनयको मात्र समेत बढ्न थाल्यो । हास्य कलाकारलाई चटपटेका रुपमा मात्र प्रस्तुत गर्ने समय फेरियो । अब निर्माण हुने सिनेमाहरुमा हास्य कलाकारहरुले घरको नोकर, नायक वा नायिकाको पछौटे कलाकार, सुरुवालमा इजार झन्ड्याएर वा अनुहार बिगारेर गर्नु पर्ने भुमिका हरुमा हास्य कलाकारहरु कम मात्रमा अभिनय गर्न थाले । त्यस्ता रोललाई विस्तापित गर्दै सिनेमाको मुख्य पात्रका रुपमा सिनेमामा देखिन थाले ।
नेपाली सिनेमा छ एकान छ प्रदर्शन भए सगै नेपाली सिनेमामा हास्य कलाकारले निर्वाहा गर्ने भुमिकाले फरक रुप लिएको अर्का कलाकार जितु नेपाल बुझाई छ ।
पछिल्लो पटक हास्य व्यग्य कलाकारहरुले निमार्ण गरेको सिनेमा सत्रु गतेले दर्सकको राम्रो साथ पायो । त्यस भन्दा अघि निर्माण भएको सिनेमा छक्का पञ्जा २ ले सिनेमा क्षेत्रको हाल सम्मकै इतिहास ब्रेक गरेको छ । व्यवसायका हिसाबले, दर्सकका हिसावले र नेपाली सिनेमा विदेशमा पनि सफल प्रदर्शन हुन्छ भन्ने हिसावले सिनेमा छक्का पञ्जा २ रेकर्ड ब्रेक गरेको थियो । अहिले त्यही सिनेमाको सिक्वेलका रुपमा निर्माण भएको सिनेमा छक्का पञ्जा ३ प्रदर्शनको संघारमा छ ।
यो सिनेमा असोज २४ गते अर्थात घटस्थापनाका दिनदेखि प्रदर्शनमा आउदै छ । यस चलचित्रमा समाबेश पहिलो नम्वरमा र पछि जोवान ढल्किन्छ बोलका दुवै गीत यतिबेला चर्चामा छन् ।
हास्य कलाकारहरुको बाहुल्यता रहेको सिनेमा छक्का पञ्जा ३ को पहिलो नम्वरमा बोलको गीत युटुवमा रिलिज हुने बित्तिकै एक दिन मै करिव ८ लाख भन्दा धेरै दर्शकले हेरेका थिए । यसले के देखाउछ भने हास्य कलाकारहरुको पारिश्रमिक मात्र बढेको छैन, उनिहरुको अभिनय, दर्शकहरुको तारिफ संग सगै उनिहरुको पर्खाइमा दर्शकहरु रहन थालेका छन् । आफ्ना लागी यो गौरवको विषय भएको छक्का पञ्जा ३ की निर्देशक दिपाश्री निरौलाको भनाई छ ।
यस सगै हास्य कलाकारहरु दिपकराज गिरी दिपाश्री निरौला,केदार घिमिरे र जितु नेपालको यो समुह आफ्नो व्यानर भन्दा बाहिरका चलचित्रहरुमा अभिनय नगर्ने र आफ्नै व्यानरलाई बलियो बनाउने मनस्थितीमा पुगेको छ । अन्य केहि हास्य कलाकारहरु चलचित्रका नायकको भन्दा धेरै पारिश्रमिक लिएर मात्र अभिनय गर्ने गर्छन् । यसलाई हेर्दा पछिल्लो समय हास्यव्यग्ंय कलाहारहरु सानो पर्दाबाट ठूलो पर्दामा जम्न थालेका छन् । gufgaf.com