कृषिका माध्यमबाट प्रदेश १ लाई समृद्ध बनाउने मुख्यमन्त्री राईको भनाई

दियो पोस्ट  

 

इटहरी, २४ असोज । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले जैविक कृषि उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।

समावेशी नेपाल प्राइभेट लिमिटेडले सुनसरीको इटहरी उपमहानगरपालिकामा पहिलो पटक स्थापना गरेको तरकारीजन्य डिपार्टमेन्ट स्टोरको आज उद्घाटनगर्दै उनले कृषिका माध्यमबाट प्रदेश १ लाई समृद्ध बनाउने योजना प्रदेश सरकारको रहेको बताएका छन् ।

मुख्यमन्त्री राईले हिमाल, पहाड र तराईका विभिन्न जिल्लाका किसानलाई सङ्गठित गरेर जैविक तरकारी उत्पादनसँगै शुपथ मूल्यमा उपभोक्ताले खरिद गर्ने व्यवस्थापनसहित पहिलो पटक तरकारीको डिपार्टमेन्ट स्टोर खोलेर देखाएको साहसिक कार्यप्रति सरकारले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

समावेशी नेपाल प्रालिका अध्यक्ष सुरेशकुमार भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।
रु तीन करोडको लगानीमा स्थापना भएको उक्त डिपार्टमेन्ट स्टोरमा तरकारी, दूधजन्य पदार्थ, माछा मासु लगायत शपथ मूल्यमा उपभोक्तालाई उपलब्ध गराउने जनाएको छ ।