तीजगीतमार्फत ह्रस्वदीर्घ सिकाउने विद्यालयले ल्यायो राष्ट्र चिनाउने देउसीभैलो (भिडियोसहित)

दियो पोस्ट  

काठमाडौँ १३ कार्तिक । अवेरनेस इनटरनेसनल एकेडेमी (एअाइए) ले देशको पहिचान दिने देउसी भैलो गीत ल्याएको छ ।

गीतमा देउसीभैलो गाउँदै देशको प्रादेशिक, सांस्कृतिक, प्राकृतिक, जातीय आदि क्षेत्रको पहिचान सरल तरिकाले दिइएको छ ।

विगतमा तीजको गीतमार्फत ह्रस्वदीर्घको नियम सिकाएर चर्चामा रहेको यस विद्यालयले यसपाली देउसी भैलो गीतमार्फत राष्ट्र तथा समाजको परिचय दिएको हो ।
गीतमा नेपालमा रहेका उपमहानगरपलिका, नगरपालिका गाउँपालिका स्थानीय तह जिल्ला प्रदेश आदिको संख्या बताइएको छ ।

नेपालमा रहेका सातै प्रदेशका राजधानी, मुख्यमन्त्री तथा त्यहाँ भएका प्राकृतिक, सांस्कृतिक, धार्मिक आदि सम्पदालाई चिनाइएको छ ।

जाती, भेषभूषा आदिको बारेमा बताउँदै प्रत्येक प्रदेशको आर्थिक उपार्जनको स्रोतसमेत गीतमा खुलाइएको छ ।

सोही विद्यालयका शिक्षक विमल घिमिरेद्वारा रचिएको यस गीतमा स्कुलका विद्यार्थीहरुले युनिफर्ममा नै गीत गाउँदै आकर्षक   नृत्य गरेका
छन् ।

अन्तिममा सोरठी भाकामा आशीर्वाद दिँदै देशका सबै तह, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता सफल रहोस् भनेका छन् । यहाँ न्यायपालिका, कार्यपालिका, तथा व्यवस्थापिकाले राम्रोसँग कार्य गर्दै देशको अर्थतन्त्र मज्बुद बनोस् पनि भनिएको छ ।

सरकारले डाँडाकाडामा रेल गुडाउने सपना देखेको र त्यो सपना पनि सार्थक बनोस् भन्ने शुभकामना गीतमा दिइएको छ ।

                         भिडियो यस्तो छ

 

TATA ADD