सिन्धुपाल्चोक, असोज २४ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० बडहरे झिल्केमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ । भोटसिपाबाट काठमाडौँका लागि छुटेको बा २ ख २७१५ नम्बरको हेलम्बु यातायातको बस क्षमताभन्दा धेरै यात्रु चढाइएको कारण दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेका अनुसार बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो । बसमा कति यात्रु चढेका थिए भन्ने अझै खुलेको छैन । दुर्घटनामा परि ६ जनाले घटनास्थलमै ज्यान गुमाएका छन् ।
मृत्यु हुनेहरुमा इन्द्रावती ९ का हिरा श्रेष्ठ, सोही स्थानका विनोद लम्साल, इन्द्रवती १० ऋदेश आचार्य, चालक काभ्रे बनेपाका केदार महाजु पाँचखालकी संगीता फुर्कोटीको सनाखत भएको काफ्लेले बताए। उनका अनुसार अन्य एकजनाको भने सनाखत हुन सकेको छैन।
दुर्घटनाका घाइतेहरुमध्य ५ जनाको अस्पतालमै मृत्यु भएको छ । यो संगै दुर्घटनामा मृतकको संख्या ११ पुगेको हो । दुर्घटनामा घाइते भएका अन्य २५ जना यात्रुहरुको काभ्रे जिल्ला अस्पताल धुलिखेलमा उपचार भइरहेको छ ।
घाइतेको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिरहेका छन्। घाइतेको एम्बुलेन्स र हेलिकप्टरबाट उद्धार भइरहेको इन्द्रावती गाउँपालिका १० का वडाअध्यक्ष जीवन थापामगरले जानकारी दिए