काठमाडौँ, कात्तिक ७ । सरकारले सहसचिव रामकृष्ण सुवेदीलाई सचिव पदमा बढवा गर्ने निर्णय गरेको छ । बिहीबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रीपरिषद वैठकको निर्णय सार्वजनिक गरेका हुन् ।
बास्कोटाले नेपाली सेनाका लेखा उपरथी भुवन बहादुर अधिकारी र महासेनानी आशिष प्रसाद उपाध्यायको राजीनामा स्वीकृत गरेको पनि जानकारी गराएका छन् । त्यस्तै रोजगारीको हक सम्वन्धी (पहिलो संसोधन), नियमावली २०७६ लागु गरको छ ।
बैठकले करका दरहरु पुनरावलोकन गर्न स्वीकृति दिने निर्णय गर्नुका साथै काठमाडौं उपत्यकाभित्रको तारहरु व्यवस्थित गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।
यी हुन् मन्त्रीपरिषदको १७ निर्णय

