कोरोना मुक्त भएका वीर अस्पतालका स्वास्थ्यकर्मी कालु सिंहको मृत्यु

दियो पोस्ट  

काठमाडौं, ११ कार्तिक । कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका वीर अस्पतालका स्वास्थ्यकर्मी (एचए) कालु सिंहको मुटु समस्याका कारण मृत्यु भएको छ ।

अस्पतालको कार्डियोलोजी डिपार्टमेन्टको ओपिडीमा काम गर्ने सिंह दुई साताअघि कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका थिए । कोरोना संक्रमणका कारण सिंहको एक महिनासम्म वीर अस्पतालमा उपचार भएको थियो ।

वीर अस्पतालका डाइरेक्टर केदार सेन्चुरीका अनुसार उनको मुटुको भल्ब नै दुई पटक फेरिएको थियो । वीर अस्पतालमा आउनु अघि उनी ब्लुक्रस अस्पताल त्रिपुरेश्वर कार्यरत थिए ।

TATA ADD