च्याउ खोज्न गएकामाथि बाघको आक्रमण : साला र भेना दुवैको मृत्यु !

च्याउ खोज्न गएकामाथि बाघको आक्रमण : साला र भेना दुवैको मृत्यु !

बर्दिया, ११ कात्तिक । बर्दियाको मधुवन नगरपालिका वडा नं ३ को धनौरामा बाघले आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ । भारतीय सीमाक्षेत्रसँग जोडिएको बेलझुण्डी सामुदायिक वनमा च्याउ खोज्न जाँदा बाघले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको हो ।
बाघको आक्रमणमा परि मृत्यु हुनेमा मधुवन नगरपालिका वडा नं ३ बस्ने २७ बर्षिय दिनेश थारु र सोही ठाउँ बस्ने २६ बर्षिय रमेश चौधरी रहेका छन् । धनौराको बेलझुण्डि सामुदायिक वनमा दिनेश चौधरी विहान करिब १० बजे तिर च्याउ खोज्न गएका थिए । उनलाई सोही समयमा बाघले आक्रमण गरेको हुनसक्ने अनुमान गरीएको छ । उनी घर नफर्किएपछि खोज्न जाँदा रमेश चौधरीलाई समेत बाघले आक्रमण गरेको मधुवन नगरपालिका वडा न. ३ का वडाध्यक्ष नारायण मल्लले बताए । अध्यक्ष मल्लले नेपालको सामुदायिक वनमा बाघले आक्रमण गरी भारतको ८१ नं पिल्लर देखि ५ सय मिटर भित्रसम्म पुर्याएको बताए । मृतक दुवैजना सालाभिनाजु नाता पर्ने हुन् ।
एकसाता अघि मात्रै सोही ठाउँमा घाँस काट्ने क्रममा बाघले आक्रमण गर्दा मधुवननगरपालिका–३ भगरैया बस्ने २८ वर्षिय गंगा बुढाको मृत्यु भएको थियो भने केही महिना पहिले बाघको आक्रमणमा परि सोही ठाउँमा एक बालकको मृत्यु भएको थियो ।

Trending News